logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको नयाँ वर्ष २०७९ क‍ो शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, चैत्र २१ २०७८

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ चैत्र १९ गते शनिबार नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान गर्दै चौबीसौं अनलाइन कार्यक्रम सम्पन्न गरेको छ ।

चैते दशै तथा नयाँ वर्षको शुभकामना लक्षित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन कवि साहित्यकार तथा सुसेली मञ्चका सचिव दामोदर ढकाल र कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा सुसेली मञ्च नेपलकी केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारी द्वयले गर्नु भएको थियो ।

नयाँ वर्षको शुभकामना विशेष सुसेली गायन र वाचन कार्यक्रममा उपस्थित १३ जना उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा आउँदै गरेको नयाँ वर्ष २०७९ र चैते दशैको शुभकामना सहितका सुसेलीमा गायन र वाचन गर्दै आ (आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले उपस्थित हरेक कविहरूलाई एकएक गरि नयाँ वर्षको शुभकामना दिदै आफूले रचना गर्नुभएका १० वटा नयाँ वर्ष सम्बन्धि शुभकामना सुसेलीहरू लयमा गाएर सुनाउनुभयो ।

यसैगरी अर्का विशिष्ट अतिथि तिलकप्रसाद लुइँटेलले चैते दशै र नयाँ वर्षको विस्तृत बर्णन सहित यसको पौराणिकता र ऐतिहासिक महत्त्वका बारेमा व्याख्या गर्नुभएको थियो । उहाले आफ्ना १० वटा शुभकामना सुसेलीहरू प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सुसेलीलाई अत्यन्तै माया गर्दै मञ्चको स्थापना कालदेखि नै उत्कृष्ट सुसेलीहरू लेख्दै आउँनु भएका र हरेक विधामा कलम चलाउन सफल साहित्यकार तथा गीतकार उत्तम बिचार भेटुवाललाई विशेष सम्मान स्वरूप विशिष्ट अतिथिमा आसन ग्रहण गराइएको थियो । उहाँले सम्मान ग्रहण गरेर सुसेली मञ्चलाई धन्यवाद दिँदै १० वटा शुभकामना सुसेली गाएर सुनाउनुभयो ।

उक्त विशेष दिनमा तीनजना विशिष्ट अतिथि कविहरू कलानिधि दाहाल, वेद ज्ञाता तिलकप्रसाद लुइँटेल र उत्तम बिचार भेटुवाल सहित १३ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर शुभकामना सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकोमा अत्यन्तै हर्ष लागेको र थोरै संख्यामा कविहरूको उपस्थिति हुँदा पनि कार्यक्रम भव्य र सभ्य हुँनुका साथै कविहरूले आफ्ना उत्कृष्ट सुसेली सिर्जनाहरू सहज तवरमा सुनाउने अवसर पाउँनु भयो र नयाँ वर्ष प्रति समर्पित सुसेली गायन अत्यन्तै मन छुने हुनुका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरूमा धन्यवाद सहित आभार प्रकट गर्दै सभापति भमरकोटेले कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शुभकामना सुसेली गाउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

नयाँ वर्षको शुभकामना आदानप्रदान विशेष कार्यक्रममा सुसेली वाचन गायनमा सरिक सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त, घनश्याम पौडेल, लक्ष्मीप्रसाद मिश्र, वासुदेव ठकुरी, अम्बिका अधिकारी र कृष्ण केसी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend