जन आकाश
काठमाडौ । नेपालमा दर्जन भन्दा बढी कम्युनिष्ट नामधारी पार्टी अस्तित्वमा छन् । त्यसै मध्यको मोहन बैद्य (किरण)ले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि एक हो । उक्त पार्टीमा २०७९ को स्थानीय निर्वाचन नजिकिदै गर्दा चुनावलाई प्रयोग गर्ने नगर्ने विषयमा चरम रुपमा दुइधार भएपछि पार्टी विभाजनको अन्तिम चरणमा पुगेको उक्त पार्टी उच्च स्रोतले जानकारी दिएको छ ।
एउटा पक्ष चुनावलाई उपयोग गर्नुपर्ने अर्को पक्ष बहिष्कार गरेर जाने धार विच एकमतम नहुदा बिभाजनलाई रोक्न नसकिने अवस्था पुगेको जनकारी दिने स्रोतको दावी छ । चुनाव उपयोग गर्ने पक्षले भनेको छ । उपयोग गरेर पार्टीका असल मान्छेले नेतृत्व गर्दा समाजमा सकरात्मक सन्देश जानुको साथै देशले समेत विकासमा फड्को मार्न सक्छ । आजको समाजमा प्रतिस्पर्धा नै महत्वपुर्ण पक्ष हो भन्ने रहेको छ ।
भने अर्को पक्ष चुनाव फेल भईसकेको संसदीय व्यवस्था हो । यसवाट जनताले खासै परिवर्तन पाउदैन । त्यसकारण बहिष्कार गर्नुपर्छ भन्ने मत रहेको छ । तर बहिष्कार गर्दा झनै असल व्यात्तित्वहरु समाजमा स्थापित हुनुको सट्टा अवसरवाट बञ्चित हुने भन्दै निर्वाचनमा जानुपर्छ भन्ने पक्षले जोडदार माग गर्दै आएको छ । पार्टीको माथि देखि तलसम्म बैद्य समुहको दुइधार देखिन थालिसकेको छ ।
२०७९ को स्थानीय निर्वाचनले पार्टीहरु फ्ट्ने कतै मर्ज हुने कुनैको अस्तित्व सकिने जस्ता क्रम चलिरहेका वेला बैद्य समुह चुनावले फुट्ने अवस्थामा पुगेको स्रोतको दावी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend