logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निर्माण व्यवसायी शर्मालाई मातृशोक


  • जन आकाश
  • बुधबार, चैत्र २३ २०७८

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।



रेवतीदेवी निर्माण व्यवसाय क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय राधाकृष्ण शर्मा पराजुलीकी धर्मपत्नी हुन् । काठमाडौंको ताहाचलस्थित निवासमै रेवतीदेवीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सामान्य हृदयाघातबाट निधन भएको अनुमान गरिएको शर्मा एन्ड कम्पनीका चिफ म्यानेजर रमेश सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्वर्गीय रेवतीदेवीको शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । आमाको पार्थिव शरीरमा व्यवसायी शर्माले दागबत्ती दिनुभएको थियो ।

स्वर्गीय रेवतीदेवीका दुई छोरी र एक छोरा छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend