जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको अध्यक्षको लागि ठुला पार्टी अर्थात नेकपा(एमाले) र नेपाली काँग्रेसको टिकट हात पार्न दौडधुप चलेको छ । नेकपा(एमाले)मा बुद्ध बहादुर कार्की ( चुुचुरे साइलाको नाम सिखरमा छ । खडक बहादुर सुनुवारले पनि टिकट लिने भनेर वाहिर आएको भएपनि नेकपा(एमाले)ले रामेछापमा कुनै कनै वडामा दाहो¥याए पनि पालिकाहरुमा नदोहो¥याउने नीति लिएपछि चुचुरे साइलाको नाम अग्रपक्तिमा आएको छ ।
चुचुरे साइलाको नाम अग्रपक्तिमा रहनुले गोकुलगंगामा पुनः एमालेले वाजी अडकलबाजीहरु हुन थालेका छन् । उनले चुचुरेको स्थानीय देखि सघर्ष गर्दै कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान चुचुरे देखि फर्पुसम्मका जनता जानकार रहेको हुनाले चुचुरे साइला अर्थात बुद्धि बहादुर कार्कीलाई गोकुलगंगाका जनताले सहयोग गर्न सक्ने सम्भावना बलियो रहेको आकलन गर्न थालिएको छ ।
केही दिनपछि बस्ने एमालेको पालिकास्तरवाट पालिका अध्यक्षको बन्ने टुङगो लाग्दैछ । टिकटका लागि खडक बहादुर सुनुवार पनि काठमाडौमा केन्द्रीय नेताहरुसँग भेट गरेर फर्किसकेका छन् । भने चुचुरे साइला गोकुलगंगाकाका गाउका जनताको घरदैलोमा छन् ।
गोकुलगंगाका एमालेका वडा कमिटीहहरुले पुरानै दोहोरिदा नयाँपुस्ताहरु ओझेलमा पर्ने भनेर सुझाव दिएका छन् । ति वडा कमिटीहरुको सुझावलाई आधार मानेर पार्टीले निर्णय गर्ने हो भने चुचुरे साइलालाई नै नेकपा(एमाले) वाट पालिकाको अध्यक्षको उम्मेद्धार बनाउन सक्ने सम्भावना वलियो छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend