जन आकाश
काठमाडौ । पञ्चकन्याग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(के.आई.ओ.सि.एच.) बीच झापाको दमक वडा नं.७ मा निर्माणधिन रहेको बालअस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भएको छ ।
हालै दिवगंतहुनु भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५० औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।
उक्त कार्यव्रmममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्नपाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्म सन्तुष्टि अमूल्य हुने विचार व्यक्त गरेका थिए । के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बतएका थिए ।
पञ्चकन्या ग्रुपले १ महिना भित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यव्रmममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend