जन आकाश
नवलपरासी । कलेज अफमेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज) पूर्वी नवलपरासीका महिला प्रहरीका नःशुल्क स्वास्थ्य परीक्षण गरेका ेछ । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो ।
सामुदायिक सेवा केन्द्र गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजका ेप्राविधिक सहयोगमा एकदिन स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक प्रज्ज्वल मानन्धरले सधैं ड्युटीमा खटिनु पर्ने, समयमा खाना र खाजासमेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाउनु खुशीका ेकुरा भएको बताउनुभएको थियो । उहाँलेभन्नुभयो “प्रहरीलार्इ आराम गर्ने समय पनि हुँदैन, समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन पनि पाउनुहुन्न, तर आज कार्यालयमै सेवा पाउनु खुशीको विषय हो ।” उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो सो अवसरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, रेडियो लोजिस्ट डा अनिश आचार्य, डा सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो ।
अस्पतालले प्रहरी कार्यालयमै निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच (प्यापस्मेयर), सुगर जाँच गराएको थियो ।
अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका सम्पूर्ण पक्षलाई समेटी स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु गर्दैआएको बताउनु भएको थियो । उहाँले आगामी दिनमा अस्पतालको गुणस्तरीय सेवालाई सबै सेवाग्राहीको पहुँचमा पु–याउँदै सामाजिक कार्यहरुलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend