logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जडीबुटी व्यवसायी संघ नेपालको अध्यक्षमा भण्डारी निर्वाचित


  • जन आकाश
  • आइतबार, चैत्र २७ २०७८

 



काठमाडौ । जडिवुटी व्यवसायी संघ नेपालको बाह्रौ साधारणसभा तथा सातौ अधिवेशन यहि मितिः २०७८ साल चैत्र २५ गते नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम दुई शत्रमा विभाजन गरी गरिएको थियो । पहिलो शत्रमा उदघाटन र दोस्रो शत्रमा बन्द शत्र भएको थियो बन्द शत्रले साधरणसभामा पेस भएका काम कत्व्यहरु सफतापर्वक सही ढंगवाट काम गरेको भनेर निर्वमान बिष्णु भण्डारीको कार्यसमितिलाई साधारणसभामा उपस्थित सवैले कार्यसम्पादन र प्रगतिको आधारमा सन्तोषजनक भएको भनेर एकमतले सवै प्रतिवेदनहरु पास गरेका थिए ।

उक्त प्रतिवेदन पास गरिसकेपछि भएको निर्वाचनमा पुनः बिष्णु भण्डारीकै नेतृत्वमा नयाँ कार्यसमितिले पुर्णता पाएको छ ।

सातौ अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुको नामवली यस प्रकार रहेको छ ।

१ अध्यक्षः बिष्णु भण्डारी
२ वरिष्ठ उपाध्यक्षः मंजिव शाक्य
३ प्रथमः उपाध्यक्षमा कृष्ण कडेल
४ उपाध्यक्षः महेश बञ्जरा
५ सचीवः सुनिलमान तुलाधर
६ सहसचीवः मनोरथ गौतम
७ कोषाध्यक्षः बिक्रमराज कुवँर
८ वष्ठि सदस्यः जगदिशचन्द्र घिमिरे
९ महिला सदस्यः विनिता श्रेष्ठ
१० सदस्यहरुः रितु थापा
११ डा. डम्वर सुनुवार
१२ सुदिप गौतम
१३ सुरेश सापकोटा
१४ कृष्ण प्रसाद बञ्जरा
१५ कमल कोइराला
१६ सदिस शाह

१७ प्रवक्ताः दीपक पाण्डे
१८ सल्लाकारः देवेन्द्र प्रसाद ढकाल

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend