जन आकाश
काठमाडौ । नेपालमा बैशाख ३० गते स्थानीय निर्वाचन हुदैछ । यस अवसरमा गाउँ गाउँमा पार्टीका कार्यकर्ताहरु चुनावमा उम्मेद्धार बन्न तछाड मछाड गरिरहेका छन् ।यहि समयमा नेपालीहरुको नयाँ बर्ष पनि वैशाखवाट नै शुरु हुनेगर्छ यहि वैशाख महिनामा देशका बिभिन्न ठाउँमा प्राकृतिक फुल फुलेर मगमगाउन थालेका हुन्छन् । त्यसैगरी जताततै रुखका पातहरु नयाँ पालुवा पलायर हरियालीले आनन्दको महसुस गराएको हुन्छ ।सफा हावापानी, शान्त वातवराण यहि समयमा हुने गर्छ । हो यहि समयमा नेपालीहरु खुशी वाडन नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै महिनैभरी रमाउने चलन छ ।
नेपालीहरुको यस्तो महत्वपुर्ण समयमा हुन गइरहेको स्थानीय निर्वाचनले नयाँ बर्षमा जसरी मानिसहरुमा खुशी ल्याउछ त्यसैगरी राजनीतिक पार्टीहरुले असल, सक्षम, योग्य जनउतरदायी भएका उम्मेद्धार चयन गरी नेपालीहरुको चाहना र आवश्यकतालाई पुर्ति गर्नसक्ने वातावरण बनाएर नेपालीहरुमा नयाँ बर्षको अवसरमा छाईरहेको खुशीलाई कामय राख्न सक्नुपर्छ ।
हुनत विगतकै जसरी राजनीतिक पार्टीहरुले उम्मेद्धार छान्ने तरिका अपनाएका छन् । जसवाट माथि उल्लेखित जनताले चाहको जस्तो उम्मेद्धार पाउन कठिन जस्तै देखिन्छ । तर नेपाली जनताले विस्तारै समयको माग र आवश्यकतालाई बुझ्दै जान थालेका छन् । यो आधारलाई हेर्दा राजनीतिक पार्टीले उठाएका उम्मेद्धार भन्दा स्वतन्त्र उम्मेद्धारहरुले ल्याउने योजना जनताको लागि राम्रा देखिन्छन् ।
जनताहरु त्यतै आकर्षित भइराखेका छन् । त्यसकारणले नेपालका नेपालीहरुको खुशीमा केही आशा गर्ने ठाउहरु बन्दै गएका देखिन्छन् ।
हर्षले गदगद गर्ने ठाउँहरु नभएपनि नेपाली समाजमा बन्दै गएको आशालाग्दा कामहरुले विकास गर्न सकिन्छ भन्ने आधार तयार गरेको छ । फलस्वरुप निरास हुनुपर्ने अवस्था छैन । चाडै नै नयाँ नेतृत्व जनताले छान्न पाउने छन् । जनताको लागि जनताले छानेर पठाएको जनताकै लागि काम गर्ने नेतृत्व जनताले पाउने छन् ।
हामी नेपालीहरुको संस्कार नै हो जति अफ्ठ्यारो परेपनि खुशीका साथ उच्च मनोवलले काम गर्ने उच्च सोच राख्ने कठिन स्थितिमा पनि सहजै लिने नेपालीको बाणी हुन्छ । यस्तो संस्कार वोकेका नेपालीहरुले हर्षको बर्ष मनाउने पर्व वैशाख महिनालाई विशेष महिनाको रुपमा लिएका छन् ।
त्यही माथि स्थानीय निर्वाचनले आफ्नो गाउँ, ठाउँ छर छिमेक सवै ठाउमा आफ्नो नेता आफै छान्ने अवसर प्राप्त गदैछन् । यस्तो सुवर्ण अवसरमा खुशी, उमंग, दङग हुने महिनामा हुन गइरहेको स्थानीय निर्वाचनले खुशी भइरहेका नेपालीहरुको पक्षमा धेरै धेरै असल काम गरेर अझै धेरै खुशी थप्न सकोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend