logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भोजपुरका साहित्यकार दाङमा सम्मानित


  • जन आकाश
  • सोमबार, चैत्र २८ २०७८

जनआकाश संवाददाता
दाङ । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको वाइसौ वार्षिक साधारण सभाको अवसरमा विभिन्न साहित्यकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । दाङ जिल्ला भित्रका मात्र नभई विभिन्न जिल्लाका साहित्यकारहरूलाई पुरस्कृत गर्ने कार्य गरिरहेको प्रतिष्ठानको पुरस्कार समितिले यसपटक पोषण÷ हरिराज रजौरे द्वारा स्थापित भागवत धर्म रजौरे स्मृति पुरस्कार भोजपुरका कवि तथा आख्यानकार दामोदर ढकाल दीपकलाई नगद पुरस्कार सहित कदर पत्र द्वारा सम्मान गरेको छ ।



कवि ढकाल नेपाली साहित्यमा परिचित नाम हो । रत्नपार्क कि रञ्ज, तँ, रक्षा उपन्यास प्रकाशित गरिसकेका ढकालको बाल उपन्यास तुलसी र ज्योतिष समेत चर्चित छ ।

अविसचुना कथा सङ्ग्रह र सानी सानी नानी बाल गीत सङ्ग्रह प्रकाशन गरिसकेका उनका १०० भन्दा बढी संयुक्त कृतिमा रचना प्रकाशित छन् । आधुनिक साहित्य परिषद् र गोंगबु साहित्य समाज मार्फत विशेष कविता वाचनमा आफ्नो काव्यिक प्रस्तुति दिइसकेका ढकालका विभिन्न साहित्यिक लेख रचनाहरू समेत बाक्लै रूपमा जनआाकाश साप्ताहिकमा समेत प्रकाशित हुने गरेका छन् । गौरी पव्लिक रिलेसन एन पव्लिकेशनका अध्यक्ष एवम् सुख शान्ति युटुवका सञ्चालक दामोदर ढकाललाई डिल्लीराम श्रीधर संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति र प्रा. श्रीधर शर्मा मजगैया प्रमुख अतिधिले सम्मानित र पुरस्कृत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कवि ढकालले भोजपुरको मान्छे दाङ्ममा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै कविता समेत सुनाएका थिए ।

कार्यक्रममा विभिन्न जिल्लाका सर्जकहरूलाई सम्मान गर्ने कुराले दाङ्गमा साहित्यिक पर्यटन विकास र दाङसँग नेपाललाई जोड्ने पूलको काम गर्ने कुरा आयोजक संस्थाकि सदस्य एवम् वरिष्ट कवयित्री भावना न्यौपाने भवानीले हामीसँग बताउनु भएको थियो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना र पुरस्कृत र सम्मानित सबै साहित्यकारहरू र दामोदर ढकाल दीपकलाई जनआकाश परिवारको तर्फवाट नि हार्दिक बधाई व्यक्त गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend