जन आकाश
चितवन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नयाँ कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनले सम्मान गरेको छ। चैत्र २९गते भरतपुरमा एक कार्यक्रमको आयोजना गरि संघले परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेको हो।
संघले परिषद्का निर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङलाई फेटा लगाई सम्मान गरिएको थियो भने कार्यसमितिका अन्य पदाधिकारीहरुलाई टिका लगाई सम्मान गरेको थियो।
सम्मान पछि कार्यक्रमलाई सम्बोन्धन गर्दै चितवनका तमू संचारकर्मीले परिषद्को महाधिवेशनमा उत्कृष्ट भूमिका निर्वाह गरि प्रचारप्रसारमा सहयोग गरेकोमा नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै संघका चितवन अध्यक्ष तुलमान तमूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend