जन आकाश
चितवन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले गठवन्धन काङ्ग्रेसको नेतृत्वमा जारी भएको संबिधानको रक्षाका लागि बनेको र आवश्यक्ता र औचित्यको आधारमा तालमेल हुने बतएका छन् । उनले चितवनमा पुगेर पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।
उनले भने “यही बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठवन्धनका बिचमा कसरी जाने भन्ने सहमती भएको छ । त्यही अनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि वढ्ने भन्ने बिषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाई थियो । भरतपुर महानगरपालिकामा कसरी अघि वढ्ने भन्ने बिषयमा बार्ता र छलफलहरु भईरहेको उनले बताए तर यस्तो खालको कुरा भएको भन्ने उनले खुलायनन्। नेपाली काँग्रेस चितवनले माओवादीलाई भोट नहाल्ने भनेर निक्कै चर्चा भएपछि त्यो तनाव कम गर्न प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाले चितवनको तनाव मथर पार्न प्रकाशमानलाई पठाएका हुन् ।
चितवन काँग्रेसमा कोइराला प्यानल, र प्रकाशमान पक्षधरहरु बढी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend