logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुर्य चुनाब चिन्ह लिएर परिवार दल स्थानीय निर्बाचनमा जाने


  • जन आकाश
  • शुक्रबार, बैशाख २ २०७९

काठमाडौं । अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच मितिः २०७८ चैत्र २९ गते एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका तर्फबाट स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर गरी चुनवाी तालमेलमा सहमति भएको हो ।



पाँच बुद्धामा भएको सहमतिमा देशभरीका तालमेल संभव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने , नेपाल परिवार दलले आफ्ना उम्मेदबार नभएका सबै ठाउँहरुमा ने.क.पा एमालेका उम्मेदवारहरुलाई सघाउने । नेपाल परिवार दलका उम्मेदवारहरुलाई नेकपा एमालेले सघाउने ,नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटिहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने नेपाल परिवार दलका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्बाचनमा प्रतिस्प्रर्धा गर्ने ।

निजहरु निर्बाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने र जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिबेदन प्रस्तुत गर्ने बिषयमा सहमति भएको दुवै पक्षले प्रेस बक्तव्य जारी गदै उक्त कुराको जानकारी गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको परिवार दलले निर्वाचन नजिकिएसँगै फेरि एमालेसँग स्थानीय तहको निर्बाचनमा तालमेल गरेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्ता भएको थियो भने बमङलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो ।

एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै नेपाल परिवार दलका अध्यक्ष एवम् पुर्वमन्त्री एकनाथ ढकालले एमाले पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए ।

हस्ताक्षर कार्यक्रममा एमालेका तर्फबाट बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल उपाध्यक्ष बिष्णु पौडेल, उपाध्यक्ष युवाराज ज्ञवाली महासचिव शंकर पोखरेल , प्रदिप ज्ञवाली बिष्णु रिजाल लगायतको नेताहरुको सहभागिता रहेको थियो भने परिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री मिलन राजबशी मनोज कुमार सुर्खेती, प्रवत्ता रुपसिह भण्डारी, लक्ष्मी प्रसाद भण्डारी रबिन्द्र चौलागाई ढुण्डीराम खनाल, कामना भुसाल लगायतको नेताको उपस्थती रहेको थियो ।

सम्झौता पछि बोल्दै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्झौताको अक्षरस पालना गर्ने तथा परिवार दलको प्रतिनिधीत्व स्थानीय तहमा हुने बताए । परिवार दलका महामन्त्री सन्तोष पौडेले बिगतमा पनि एमालेसँग चुनाबी सहकार्य गरको स्मरण गदै स्थानीय निकायमा मात्र हैन प्रदेश र संघिय निर्बाचनमा पनि एमालेसँग सहकार्य गर्ने बताए ।

सहमतिका बदाहरु यस प्रकार रहेका छन् ।

देशभरीका तालमेल संभव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने ।

नेपाल परिवार दलले आफ्ना उम्मेदबार नभएका सबै ठाउँहरुमा ने।क।पा एमालेका उम्मेदवारहरुलाई सघाउने । नेपाल परिवार दलका उम्मेदवारहरुलाई नेकपा एमालेले सघाउने ।

नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटिहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने ।

नेपाल परिवार दलका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्बाचनमा प्रतिस्प्रर्धा गर्ने । निजहरु निर्बाचित भए पश्चात पनि नेपाल परिवार दलमै आवद्ध रहने
जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिबेदन प्रस्तुत गर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend