जन आकाश
चितवन । नेपाली काँग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ । महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बैशाख ४ गते बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेतलाई बुझाइएका छन् । उपसभापति न्यौपानेका अनुसार महानगरको मेयरमा २५ जना र उपमेयरमा २४ जनाको नाम सिफारीस गरिएको उल्लेख छ।
बागमती प्रदेश प्रतिनिधिले नमावली बुझ्दै आएका नामहरुबाट उपयुक्त उम्मेदवार छनोट गरि केन्द्रमा सिफारीस गर्ने मोहन बस्नेतले बताएका छन् । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काँग्रेसले आफ्नो बलियो जनाधार रहेको भन्दै आएको महानगरमा जिल्लाबाट नामावली टुङ्गो लगाउन नसके पछि सबै आकांक्षिको नाम पठाएको हो ।
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्षकी छोरी रेणु दाहालाई गठबन्धनले छोड्नुपर्ने बाध्यता रहेको छ । उक्त महानगरपालिका नै चितवनको मुख्य केन्द्र हो । तल हुने यस्ता आकाँक्षी जे भएपनि केन्द्रले गर्ने निर्णय नै अन्तिम हुने भएको हुनाले खासै अर्थ राख्दैन । त्यसकारण नेपालका थोत्रा र मक्किसकेका पार्टीहरुभन्दा नयाँ खुलेका युवाले नेतृत्व गरेका पार्टीहरुमा जनताको ध्यान पुगेमा देशले अर्थपुर्ण निकास पाउन सक्छ । यो जनताको लागि स्थानीय निर्वाचन थोत्रा पार्टीलाई पाखा लगाउने जनताको महत्वपुर्ण अवसर पनि हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend