जन आकाश
नेपालमा २०७९ बैशाख ३० गते स्थानीय निर्वाचन हुन गइरहेको छ । उक्त निर्वाचनको बिषयलाई लिएर गाउँ टोल शहर बजारमा जनताहरुले बिभिन्न खालका अड्कल वाजीहरु लगाईरहेका छन् । अर्कोतर्फ राजनीतिक दलहरु चै आफ्नो पार्टीको साख जोगाउन न्वारन देखिको वल लगाईरहेका छन् । त्यतिले नपुग्ने भएर यतिवेला सवैदलहरु मिलेर चुनावमा भाग लिने तयारीमा पुगेका छन् ।
विशेषत सरकारमा रहेका ५ राजनीतिक पार्टीहरु जस्तै नेपाली काँग्रेस, नेकपा(एकीकृत जमाजवादी) नेकपा (माओवादी केन्द्र) जनता समाजावादी, जनमोर्चा पार्टी रहेका छन् । उनिहरु सरकारमा भएका पार्टी जति स्थानीय निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने तयारी थालेका छन् । बजारमा हल्ला पनि त्यसरी नै आएको छ । कतिपय जिल्लाहरुमा त गठबन्धनको सहमति भइसकेको माइन्युट पनि सार्वजानिक भएका छन् । यिनै माइन्युटहरु गठबन्धन भएको पत्यारिलो आधारहरु हुन् ।
त्यसैगरी अर्को २०७४ सालको निर्वाचनमा जनताले सवैभन्दा धेरै भोट दिएर ठुलो पार्टी बन्न सफल नेकपा(एमाले) समेत यतिवेला गठबन्धनको तयारीमा लागेको छ । उक्त पार्टीसँग उसैको चुनाव चिन्हमा चुनावाम भाग लिने गरी राप्रपा नेपाल, परिवार दलले सहमति पत्रमा हस्तक्षर गरेर अगाडी बढिरहेका छन् ।
माथिका यि घटनाहरु ह्ेर्दा दुई खेमामा निर्वाचन हुन लागेको जस्तो देखिन्छ । एउटा नेपाली काँग्रेसको रुख चिन्हमा अर्को नेकपा(एमाले)को सुर्य चिन्हमा त्यो भन्ने आधार सदनमा नेपाली काँग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई बाकी रहेका ४ वटै पार्टीले मत हालेर चुनाव जिताए जसरी नै गाउँ गाउँमा धेरै जति ठाउँमा नेपाली काँग्रेसलाई र अन्य केही ठाउँहरुमा नेकपा(एकीकृत समाजवादी) (माओवादी केन्द्र) जनता समाजवादी पार्टीले अवसर पाउने देखिन्छ ।
तर माथिका सरकार पक्षका पार्टीहरुको मत भिन्नता र सिद्धान्त, विचार उदेश्य हेर्ने हो भने काही, केही पनि मिल्दैन मात्र निर्वाचनमा जितेर स्वार्थ पुर्ति गर्ने तरिका मात्र भएको जस्तो देखिन्छ । अझै परिभाषित तरिकाले नै भन्ने हो भने विगतमा जनयुद्ध लडेर आएको भनिएको (माओवादी केन्द्र)ले त सामान्तवादको संक्षक भनेर आरोप लगाउने र दलाल पुजीवादको संरक्षक भनेर समेत आरोप लगाएको पार्टी हो नपाली काँग्रेस हो उसैको पार्टीलाई नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले कसरी भोट हाल्छन् र स्थानीय निकायमा तालमेल कसरी हुन्छ ।
त्यसैगरी अर्को एमालेवाट केही महिना अगडी मात्र बिभाजित गरिएको नेकपा(एकीकृत समाजवादी) पार्टीले उसको मोटामोटी घोषणा पत्रमा नै समाजवादी सिद्धान्त उल्लेख छ । त्यो उदेश्य पुरा गर्न उसैले भनेको समाजवादी क्रान्ति पुरा गर्न दलाल पुजिवाद अन्त्य नगरेसम्म समाजवादी क्रान्ति नै हुदैन । त्यसैगरी तराईवाट क्षेत्रियवादी मुद्दा लिएर आएको विगतको जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी जसले क्षेत्रियतावादी सोच राखेर केन्द्र सरकारलाई गाली गर्दै आएको छ । उसले उठाउने गरेको मुद्दा पनि पृथकतावादी सोचको छ । त्यो मात्र काहा होर ! नेपालमा भुकम्पले देश तहस नहस भइरहेको वेला आन्दोलन गरेर भारतलाई समेत गुहारेर नाकाबन्दी लगाउने पार्टीको रुपमा चिनिन्छ । जनमोर्चा पार्टीले त संघियता खारेजको मुद्दा उठायर सदनमा समेत आफ्नो फरक मत राख्ने गरेको छ ।
यता सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादसँग माथिका कुनैपनि पार्टीको सिद्धान्त, विचार र उदेश्यसँग मेल खादैन । त्यसैले नेपाली काँग्रेसले पनि यी सवै सरकारमा भएका गठबन्धनलाई साझा चुृनाव चिन्ह रुख हो भनेर भोट रुखमा हाल्न रणनीति नेपाली काँग्रेसले बनाईरहेको भन्ने समाचारको आधार बलियो नै मानिन्छ । तर व्यवहारिक त्यति राम्रो हुने देखिदैन ।
त्यसैगरी नेकपा (एमाले) पार्टीको सुर्य चुनाव चिन्हमा भाग लिने परिवार दल र राप्रपा नेपाल रहेका छन् भने कतिपय एमालेसँग तालमेलमा छन् । यि धेरै जति पार्टीको एमालेसँग मिल्ने कुनै उदेश्य, विचार देखिदैन । मात्र चुनाव जित्नका लागि गरिएको सत्तामा पुग्ने खेलिएको खेल वाहेक अरु कुनै उदेश्य देखिदैन ।
त्यसकारण नेपाली जनताले गठबन्धन प्रक्रियाप्रति नै प्रश्न गर्न थालेका छन् । जनताले कुन पार्टीको उदेश्य विचार सिद्धान्त कस्तो छ । उसको व्यवहारिकमा लागु हुन्छकी हुदैन जस्त बिषय हेरेर भोट हाल्न सजिलो हुन्थ्यो तर यता पार्टीको घोषणा पत्र एउटा छ । अर्को पार्टीको चुनाव चिन्हवाट चुनाव जित्छ अनि कसरी त्यो व्यवहारिक हुन्छ भनेर जनताले प्रश्न गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्धार पनि कम छैनन् ।
पर्टीको कोटामा नपरेका वा कुनै पार्टी मन नपराई बसेका स्वतन्त्र नागरिकहरुले यस पटकको निर्वाचनमा धेरै भन्दा धेरैले उम्मेद्धारी दिने अनुमान लगाउन थालिएको छ । र प्रचाररात्मक तरिकाहरु प्नि त्यस्तै देखिन्छ । यसले नेपालको गठबन्धनलाई निक्कै चुनौतिके रुपमा पेस गर्न लागेको जस्तो देखिन्छ । यो नेपाली जनताहरुको लागि सिन्टिकेटको रुपमा रहेको ठुला भनिएका पार्टीहरुलाई पाख लगाउन सकिन्छ की सकिदैन भन्ने अग्नि परिक्षा पनि हो । यिनै जनताका महत्वपुर्ण प्रश्नहरुले गठबन्धनलाई चुनौति पेस गरेको छ ।
यिनै स्वतन्त्र व्यात्तिहरुले आउदा दिनमा बैकल्पिक शक्तिको रुपमा नयाँ योजनासहितको पार्टी स्थापना गर्ने हो भने अउदो ५ बर्षपछि हुने निर्वाचनमा ठुलो शक्तिको रुपमा विकास हुने सम्भावना छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend