logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

(वाइ.इ.एस.डब्लु.) २०२२ महिला–युवा उद्यमी सम्मेलन आयोजना हुने


  • जन आकाश
  • मंगलबार, बैशाख ६ २०७९

 



नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) ले २०२२ मा महिला–युवा उद्यमी सम्मेलन हुने भएको छ । उक्त संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) ले बिभिन्न कार्यव्रmमहरु गर्दै आएको छ ।

सोही अन्तर्गत यही मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यव्रmमको आयोजना गरिने भएको छ । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने छ । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा “Beyond Barriersˮ राखिएको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यव्रmमको प्रायोजन गरी कार्यक्रम सफल बनाइने छ । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नु हुनेछ ।

महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहने उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend