logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

काँग्रेसको पार्टी कार्यलयमा ताला, ताला लगाउन विचार गर्नुस ज्यान जाला


  • जन आकाश
  • मंगलबार, बैशाख ६ २०७९

हेटौंडा। गठबन्धनको आगोको ज्वाला देशभरी बलिरहेको वेला मकानपुर जिल्लाको हेटौडा उपमहानगर पालिकाका काँग्रेसका कार्यकर्ताले भने आफ्नै पार्टी कार्यलय सभापति बुद्ध लामाको कार्यलयमा तालाबन्दी गरेका छन् । उनिहरुले मेयर हेटौंडा उपमहानगरको मेयर नेपाली काँग्रेसले पाउनुपर्ने माग राख्दै पार्टी कार्यलयमा ताला लगायका थिय ।



 

ताला लगाउने अगुवाई नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीले गरेका थिए । तर करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थितिमा ताला खोलिएको थियो जिल्ला सभापति लामाले ताला लगाउनेहरुलाई पार्टी विपरित काम गरेको हुनाले कारवाही गर्ने चेतावनी दिएका छन् ।

यस्तै अवस्थाहरु देशभरीवाट काँग्रेसका कार्यकर्ताहरुले गरिरहेका छन् । यस्तै घटनाहरु बढ्दै गएमा गठबन्धनको हुइम पनि केही दिनमा समाप्त तर्फ अगाडी बढेको होकी भन्ने भान हुन थालेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend