logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रामेछापमा नेकपा(माओवादी केन्द्र) गठबन्धनवाट बहिरियो


  • जन आकाश
  • मंगलबार, बैशाख ६ २०७९

 



रामेछाप । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन बिच चुनावी तालमेल गर्ने अन्तिम प्रयास भए पनि संभव नहुँदा अब गठबन्धन नहुने पक्का भएको छ ।

मंगलवार बसेको सत्ता सझेदार गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले अस्वभाविक माग राखेपछि गठबन्धनवाट बाहिरियको छ ।

माओबादीले मन्थली नगरपालिका,सुनापति, दोरम्बा र खाँडादेवी गाँउपालिका गरी पाँचवटा पालिकामा आफ्नो प्रमुख मागेको कारण र काँग्रेसले पनि मन्थली र रामेछाप नगरपालिका सहित सहित ५ वटा पालिका हरु माग गरेको छ । उक्त बिषयमा कुरा नमिल्दा गठबन्धन भाडिएर माओवादीले छुट्टै निर्वाचनमा जाने तयारी थालेको छ । भने नेपाली काँग्रेसले पनि छुट्टै चुनाव लड्न तयारी गरेको उल्लेख गरेको छ ।

सम्भवतः रामेछाप जिल्लामा सरकार पक्षका पार्टीहरु वीच गठबन्धन हुने सम्भावना करिव करिव सकिएको नेपाली काँग्रेसका जिल्ला सचीव दिपक खड्का र जिल्ला उपसभापति लेख बहादुर कार्कीको भनाईलाई आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend