logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप नगरपालिकामा कुन पार्टीवाट को उम्मेद्धार हेर्नुस्


  • जन आकाश
  • बुधबार, बैशाख ७ २०७९

 



रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका को मेयरमा रोशन पाख्रिनलाई सिफारिस गरिसकेको छ भने त्यस नगरपालिका अन्र्तगतका वडा अध्यक्षको लागि टुङगीसकेका नामहरु यसप्रकार छन् । १ मा डोर बहादुर कार्की ( शिव) ३ नं वडा अध्यक्षमा राम कुमार खत्री, ४ न.वडाअध्यक्षमा अमर बहादुर तमाङ, ७ न.वडा अध्यक्षमा ध्रुब बस्नेत, ८ न.वडाअध्यक्षमा श्याम कुमार श्रेष्ठ लगायतलाई नेकपा(एमाले) पार्टीले वडा अध्यक्षको उम्मेद्वारमा उठाउने निर्णय गरिसकोको जानकारी रामेछाप–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी नेपाली काँगे्रस पार्टीवाट मेयर उपमेयरको टुङगो लागेको छैन । धेरै आकाक्षीहरु ह्ुदा निर्णय गर्न कठिन भएको नगर सभापति कमल विक्रम कार्कीको भनाई छ ।

तर वडा अध्यक्षहरुमा रामेछामको ९ वटा वडामध्य काँग्रेसले ३ न. वडाअध्यक्षमा दलबहादुर प्रधान, ५ न. वडा अध्यक्षमा हरिचन्द्र श्रेष्ठ, ८ वडा अध्यक्षमा राजेश तामाङ, ९ न. वडा अध्यक्षमा दिर्घराज श्रेष्ठ लगायतलाई वडाअध्यक्षमा टुङगो लगाईसकेको छ । ्

मेयर पदको लागि अकाक्षीहरु ५ जना छन् ।
आकाक्षीहरु यस प्रकार छन् । श्रृजना खड्का वर्तमान रामेछाप नगरपालिकाकी उममेयर हुन भने रत्न कार्की २०७४ सालको प्रदेश निर्वाचनमा नेपाली काँग्रेस क वाट उपविजेता भएका व्याक्ति हुन् । लेख बहादुर कार्की जिल्ला उपसभापति हुन् । कमल बिक्रम कार्की रामेछाप नगपालिकाका सभापति हुन् । लवश्री न्यौपाने पुर्व जिल्ला सभापति हुन  ।
१ श्रृर्जना खड्का
२ कमल बिक्रम कार्की
३ रत्न कार्की
४ लेख बहादुर कार्की
५ लवश्री न्यौपाने रहेका छन् ।यी ५ जना मेयरका उम्मेद्धारका आकाक्षीहरुमा सहमति हुन नसक्दा नगरवाट जिल्ला समितिमा नाम सिफारिस गरिएको छ ।

त्यसैगरी उपमेयरमा
१ अपना श्रेष्ठ
२ विमला कार्की
३ दुर्गा सुनुवार
४ कुमारी हायु

माथिका उपमेयरका उम्मेद्धार मध्यमा दुर्गा सुनुवार वाहेक सवै रामेछाप नगरपालिका वाडन ८ का रहेका छन् । यदि मेयरमा वाडन. १ वाट चयन भएमा मात्र वाडन ८ का ३ मध्य १ ले उपमेयर पाउने सम्भावना रहन्छ । रामेछाप नगारपालिका वाडन ८ मा नै मतादाता नामवली रहेकी श्रृजना खड्काले मेयरको टिकट पाएमा दुर्गा सुनुवारको सम्भावना बढी रहने देखिन्छ ।

नेकपा( माओवादी केन्द्र) को उम्मेद्धारीमा वडा अध्यक्षहरुमा

५ न. वडा अध्यक्षः तिलक बहादुर तामाङ ९ न. वडा अध्यक्षमा चन्द्र बहादुर श्रेष्ठ, २ न. वडा अध्यक्षमा निर बहादुर श्रेष्ठलाई माओवादी केन्द्रले निर्णय गरिसकेको छ । भने ५ न. वडा अर्थात रामपुरमा तिलक बहादुर तामाङलाई वडा कमिटीले सर्वसहमत बनाएको वर्तमान अध्यक्ष भीम बहादुर तामाङले जानकारी दिएका हन् । भने ५ न. वडा र २ वडामा पुरानै वडा अध्यक्षहरुलाई माओवादीले दोहो¥याएको छ । अन्य वडाहरु बाकी रहेको माओवादीका रामेछाप नगारपालिका कमिटी अध्यक्ष मोतिलाल तामाङले जानकारी दिएका हन् ।

गएको २०७४ को स्थानीय निर्वाचनमा रामेछाप नगरपालिकामा मेयर ÷उपमेयर ४, ७, ८ गरी तीनवटा वडा नेपाली काँग्रेसले जित हाशिल गरेको थियो । त्यसैगरी एमालेले १, ३,६ गरी तीन वटा वडामा जित हाशिल गरेको थियो । त्यसैगरी माओवादीले २, ५, ९ तीनवटा नै वडा जित हाशिल गरेर ३÷३÷३ को बराबरी हिस्सा राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) को पनि कसलाई काहा कसरी उठाउने भन्ने बिषयमा छलफल भइरहेको र पार्टी गठबन्धनमा कुन अवस्थामा हुने हो भनेर माथिको निर्णय कुरेर बसेको दशरथ श्रेष्ठले बताएका छन् । राप्रपाका उम्मेद्धारहरु सम्पर्कमा आएनन् । भने स्वतन्त्र उठ्न सक्ने केही समभावना भएपनि हालसम्म कुनैपनि ब्याक्ति रामेछाप नगरपालिकामा देखिएका छैनन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend