जन आकाश
दोलखा। वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेकपा एमाले दोलखाले उम्मेदवारी टुङ्गो लगाएको छ । बुधवार बसेको पार्टीको बैठकले दोलखाको ९ वटा स्थानीय तहको उम्मेदवार घोषणा गरिएको हो ।
शैलुङ गाउँपालिकाको अध्यक्षमा धनबहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा सर्वसम्मत उम्मेदवारी बनाएका छन् । शैलुङमा तत्कालीन अध्यक्ष भरत दुलालसहित ९ जनाले अध्यक्षमा दाबी गरेका थिए । केन्द्रको दवावपछि अन्य अकाक्षी सवैले सर्वसहमत हुन बाध्य भएको एकजना आकाक्षीले नाम नवताउने सर्तमा जन आकाश डट कमलाई जानकारी गराएका हुन् ।
मेलुङको अध्यक्षमा हिराकुमार थोकर र उपाध्यक्ष गायत्री आचार्य
भीमेश्वर नगरपालिकाको मेयरमा भरत केसी र उपमेयरमा कमला बस्नेत । केसी र बस्नेत दोहोरिएका हुन् ।
कालिन्चोकको अध्यक्षमा गणेश सिवाकोटी र उपाध्यक्ष कविता थामी ।
विगुको अध्यक्षमा अछुतम केसी र उपाध्यक्षमा देवीका थामी ।
गौरीशङ्करमा जङ्गबहादुर गुरुङ अध्यक्ष र मुना शिवाकोटीलाई उपाध्यक्षको टिकट पक्का गरेका हुन् । जङग बहादुर गुरुङ पार्वत गुरुङका भान्जा हुन् ।
बैतेश्वरको अध्यक्ष र उपाध्यक्षमा माधवप्रसाद घिमिरे र नबिना लामा ।
त्यस्तै जिरी नगरपालिकाको मेयरमा मित्र जिरेल । उपमेयरमा कृष्णमाया बुढाथोकी उनीहरू पनि दोहोरिएका छन् ।
तामाकोसीमा अभिषेक सुवेदी अध्यक्ष र उपाध्यक्षमा अम्बिका पोखरेल ।
बैशाख ३० मा हुने निर्वाचनका लागि अध्यक्ष तथा उपाध्यक्षमा करिब आधादेखि एक दर्जनले आकाङ्क्षी राखेका थिए । बैठकले टुङ्गो लगाएका नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउनुपर्ने छ प्रदेश कमिटीले अनुमोदन गरिसकेपछि स्वत माथि उल्लेखित उम्मेद्धारहरुले वैशाख ११ गते उम्मेद्धारी आ–आफ्ना पालिकामा गराउने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend