logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गोकुलगंगा गाउँपालिकामा कस्ले मार्ला वाजी ?


  • जन आकाश
  • शुक्रबार, बैशाख ९ २०७९

मोहन कार्की ।



गाउपालिकास्तरीय टिप्पणी
रामेछाप । रामेछापको ८ स्थानीय निकाय मध्यको एक हो गोकुलगंगा गाउँपालिका यस गाउँपालिकामा २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा गाउपालिकाको अध्यक्ष बन्नको लागि योग्य को होला भन्ने कौतुहलता जनतामा अन्यौलता नै छ ।

राजनीतिक पार्टीहरुको सेन्डिकेटवाट आउने उम्मेद्धारहरुको नामवली त बजारमा आएको छ । जसमा नेपाली काँग्रेसवाट तेज बहादुर कार्की, नानीबाबु बस्नेत, दिनेश खड्का, दीपक खड्का,मणि कुमार तामाङ छन् । उपाध्यक्षको लागि उषा कार्की, कल्पना खड्का कार्की, तुलसा खड्का, उमा खड्का कार्की जिल्ला समितिमा पठाइएको छ तर कस्ले टिकट हात लाउछ भन्ने अझै टुङगो लागेको छैन । नेपाली काँग्रेस स्रोतका अनुसार आज वेलुकासम्म टुङगो लाग्ने बताउछ ।

नेपाली काँग्रेसले २ वडामा मात्र वडाको टुङगो लगायो
नेपाली काँग्रेसवाट वडामा सर्वसहमत हुने भाग्मानी वडा नम्बर २ अर्थात ठोसे मात्र भएको छ । उक्त वडामा युवा नेता सुन्दर कार्कीलाई सर्वसहमत वडा अध्यक्षमा उम्मेद्धार बनाइयको छ । अन्य कुनै पनि वडामा उम्मेद्धार घोषणा गरेको छैन ।

त्यसैगरी एमालेवाट गाउपाकिला अध्यक्षको लागि दुईजनाको नाम सिफारिस भएको छ । बुद्धि बहादुर कार्की र खड्क बहादुर सुनुवारको नाम पालिकाले सिफारिस गरेर जिल्ला कमिटीलाई पठाएको छ । भने त्यसैगरी उपाअध्यक्षको लागि हेम कुमारी तामाङ, मञ्जुमाया कार्की, सुनिता सुनुवार, राधिका श्रेष्ठ, लोक कुमारी श्रेष्ठ लगायतको नाम जिल्ला कमिटीमा पठाएको छ । तर अहिलेसम्म निर्णय भएको छैन । त्यसमध्य राधिका श्रेष्ठ वर्तमान पालिका उपाध्यक्ष हुन् ।

एमालेवाट वडा अध्यक्षमा काहाँ काहाँ टुङगीयो
वडा न २ मा गजेन्द्र श्रेष्ठ, ४ मा रुकुम खड्का, ६ मा बद्री खड्काको टुङगो लागि सकेको छ ।
राप्रपाको् हल्ला बढी भएपनि गोकुलगंगामा कुनै पनि उम्मेद्धार घोषणा भएको छैन ।

समाजवादी पार्टीको टुङगो लागेको छैन ।

नेकपा(एकीकृत समाजवादी ) पार्टीको भने सरकार गठबन्धनको निर्णय अनुसार गर्ने भनेर हालसम्म कुनै वडामा उम्मेद्धार घोषणा भएको छैन । तर आन्तारिक तयारी भने भएको बताइएको छ ।

(माओवादी केन्द्र) को पनि टुङगो लागेको छैन ।

माओवादी केन्द्रको पनि गठबन्धनको धारणा र निर्णय कुर्नु पर्नाले उम्मेद्धारी घोषणा गर्न ढिलो भएको बताइएको छ । अहिलेसम्म गोकुलगंगामा भाले भिडन्त एमाले र काँग्रेस मात्र देखिन्छ ।

गोकुलगंगाका युवाहरुको सोचमा परिवर्तन देखियन ।
अरुवेला फेसबुकमा आर्दशका कुरा लेखेर ठुला ठुला दर्शन छाट्ने योजना लेख्ने स्वतन्त्र युवाहरुको नाम निशान यतिवेला गोकुलगंगामा देखिएको छैन । ४ बर्ष ११ महिना तिनै पार्टीहरुलाई गाली गरेर बस्ने तर चुनाव आउन १ महिना हुनसाथ तिनै थोत्रा पार्टी एमाले, काँग्रेस, राप्रपा, पछि थपिएको नेकपा माओवादी र पुरानै नेता तर पार्टी नयाँ खोलिएको समाजवादी लगायत पार्टीहरुको पछिपछि लागेर झण्डा पताका बोक्दै जिन्दावाद र मुर्दावादको नारा लगाउने युवाहरु देशका सवै पालिका तिर देखिएकै छन् । त्यो रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकाका युवाहरुमा पनि देखिएको छ ।

नत उनिहरुले आफै रहेको पार्टीभित्र युवापुस्ता नेतृत्वमा आउनलाई सघर्ष गरे नत छुट्टै सर्घष गर्नलाई स्वतन्त्र उम्मेद्धार हुन गाउपाकिाको लागि दिर्धकालीन योजना वनाउने आट गरे त्यो दुइवटै काम गरेनन् । त्यसकारण गोकुलगंगा गाउँपालिकामा फेरी पनि पुरानै अनुहारहरुले पुरानै तरिकाले केही गरेको जस्तो देखायर भुलभुलैयामा नै राखी स्थानीयको अधिकारका लागि आएका स्रोत साधनले चुनाव जितेर दुरुपयोग गर्दै काठमाडौमा घर घडेरी जोडेर नेताका छोराछोरी विदेश पढ्न पठाउने र युवाजतिलाई खाडीमा पठायर ४० डिग्रीको घाममा जोताउने र त्यसैको आम्दानीमा रमाउने योजना लागु हुने निश्चित जस्तै देखिन्छ । राजनीतिक परिवर्तन गोकुलगंगामा नदेखिने संकेतको रुपमा यतिवेला छ ।

विगतमा गाउमा दुःख गरेर अनुभव र सघर्षमा विताएका कुनैपनि व्याक्तिहरुले आजसम्म स्थनीय तहको निर्वाचनमाहोस् वा जिल्ला, प्रदेश, केन्द्रमा अवसर पाएका छैनन् भएपनि राजनीतिक पार्टीहरुको सेन्डिकेट अर्थात एकद्धार प्रणाली लादेर त्यस्ता स्वतन्त्र विचार राख्ने ब्याक्तिहरुको योजनालाई प्रष्फुटन हुन अवरोध गरिरहेकै छन् ।

त्यसको असरले गाउमा अवसर सृर्जना हुन नसक्दा गाउँवाट शहर शहरवाट विदेश पलायन हुनेको संख्या गोकुलगंगामा पनि ठुलै छ । त्यलाई रोक्न सक्ने उपाय भनेको अधिक उत्पाद समान वितरणको प्रणाली विकास गर्नुपर्ने हो । तर ठुला स्केलका उधोग, कृषि, पर्याटन जस्ता कुनैपनि काम भएका छैनन् । यस्ता योजनाहरु कुनैपनि पार्टीले विगतमा कागजमा लेखेको भएपनि व्यवहारमा लागु गरेनन् । अहिलेपनि त्यसैगरी झुक्याउने पार्टीहरु नै बजारमा गाउँमा हल्ला गर्न थालेका छन् ।

केही दिनमात्र उम्मद्धाराी दिने समय बाँकी छ । कोही गोकुलगंगा गाउँपालिका बनाउन सक्छु भन्ने युवाहरु छन् भने थोरै समयमा धेर्रै काम गर्न सकिन्छ । आट गरेर उठ्न जरुरी छ । थोत्रा पार्टीको हैकम भत्काउन उठेमा जनताको अपार साथ रहने सम्भावना छ । उठ न हो युवा उठ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend