logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शारादा माविको ७१ औ बार्षिक उत्सव सम्पन्न


  • जन आकाश
  • शनिबार, बैशाख १० २०७९

मोहन कार्की ।
रामेछाप÷ठोसेः रामेछापको गोकुलगंगा गाउँपालिका वाडन. २ मा रहेको सारदा माध्यमिक विद्यालयको ७१ औ बार्षिक उत्सव सम्पन्न भएको छ । शारादा माविको प्रगणमा भएको कार्यक्रमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रधानको अध्यक्षतामा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडक बहादुर सुनुवारको प्रमुख अतिथि ठोसेका पुराना वरिष्ठ शिक्षक श्यामलाल श्रेष्ठको अिितथि तथा विभन्न क्षेत्रका व्याक्तिहरुको उपस्थितिमा कार्यक्रम आरम्भ भएको थियो ।



कार्यक्रममा सवैभन्दा ध्यान केन्द्रीत पुर्व वरिष्ठ शिक्षक श्यामलाल श्रेष्ठको उपस्थितिले तानेको थियो । कार्यक्रममा स्वगत मन्तव्य राख्दै त्यस माविका शिक्षक लोक बहादुर बस्नेतले बिभिन्न क्षेत्रवाट आएका अतिथि, अविभावक, जेहेन्दार विद्यार्थीलाई छात्राबृति प्रदान गर्ने दाता लगायत र विध्यालय व्यवस्थापनलाई स्वागत तथा धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रको अवसरमा छात्रछात्राहरुलाई विभिन्न विधामा पुरुस्कार छात्राबृतिहरु प्रमुख अतिथिको हातवाट अविर र दाताहरुको हातवाट पुरुस्कार वितरण गरिएको थियो । तुलानात्मक रुपमा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको भएपनि चुनावको मुखमा परेको र धेरै जति अतिथिहरु एमाले समर्थित भएको हुनाले उपस्थित मानिसहरुमा असहज भएर धेरै अविभावकहरु कार्यक्रम सकिनु अगाडी नै उठेर हिड्न थालेका थिए ।

२००९ सालमा स्थापना भएको शारादा मावि ठोसेलाई नमुना विद्यालयको रुपमा प्रस्ताव लगिएको त्यस माविका प्रधनध्यापक रवि खड्काले वताएका थिए । कार्यक्रममा अर्को अकर्षणको केन्द्र बनेको स्काउट परेड हेर्न लाइकको थियो । रामेछाप जिल्लाको माविको रुपमा स्थापना भएका स्कुलहरुमा जिल्लाकै तेस्रो स्थापना भएको इतिहाँस बोकेको शारादा मावि ठोसेले सोचेजस्तो प्रगति गर्न सकेको छैन । यतापर्टी पनि सम्बन्धित निकायको ध्यान जानपर्ने देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend