logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा गाउपालिकामा आज यस्तो देखियो


  • जन आकाश
  • आइतबार, बैशाख ११ २०७९

रामेछाप÷भीमसेनस्थान ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा वैशाख ३० गतेको लागि हुन लागेको स्थानीय निर्वाचनका उम्मेद्धारहरुले उम्मेद्धारी दिने पहिलो दिन खासै भिडभाड र उपस्थिति देखिएको छैन । काँग्रेस र एमाले पार्टीमा उम्मेद्धार को उठाउने् भन्ने बिषयमा विवाद हुदा पहिलो दिन उनिहरुका कार्यकर्ता टिकटकै लागि व्यस्त भएका कारण पालिका वरिपरि देखिदैनन् । भने (माओवादी केन्द्र) एकीकृत समाजवादी सरकारसँगको डठबन्धनको तालमेलमा भागबण्डाको कुरा नमिलेर गठबन्धन पक्षधरहरु वैठकमा नै ब्यस्त छन् ।



राप्रपाको उपस्थिति
गोकुलगंगामा राप्रपाको उपस्थिति यस पटकको निर्वाचनमा बढेको देखिन्छ । यतिवेला गाउपालिका अगाडी राप्रपाका नेता कार्यकर्ताहरु उम्मेद्धारी दिन उपस्थित भएका देखिन्छन् । यतिवेला राप्रपाका केन्द्रीय सदस्य मणिराज तामाङ उम्मेद्धारहरुलाई फारम भर्न हौशला भदै टिकट मिलाईरहेका छन् ।

राप्रपावाट को को उठदैछन् ?
पालिका अध्यक्षमा नानीराम कार्कीको नाम अग्रस्थानमा रहेको छ । भने १ न. वडामा सोनाम लामा वडा अध्यक्षमा उठ्ने कुरा तयारीमा छ । भने अन्यको टुङगो आज नै लगाउने राप्रपाका केन्द्रीय सदस्य मणिराज तामाङले बताएका छन् ।

 नेकपा (माले)ले पनि उम्मेद्धार उठाउदै
गोकुलगंगा गाउँपालिकामा नेकपा(माले)ले पनि आफ्ना उम्मेद्धारहरु उठाउने जानकारी दिएको छ । तर नामहरु भने उम्मेद्धारी दिइसकेपछि मात्र सार्वजानिक गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend