जन आकाश
रामेछाप । रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी दुइ पार्टी बिच गठबन्धन भएर उम्मेद्वारी दर्ता भएको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकाको मेयरमा माओवादी पार्टीवाट नरेशबाबु श्रेष्ठ, र समाजवादीवाट एकीकृत समाजवादीका उम्मेद्वार ढाल विक्रम कार्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गरायका छन् ।
वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफनो उम्मे्द्वारी दर्ता गराएको छ । १ मा बाबुराम कार्की र ७ मा सुर्य कार्कीले वडाअध्यक्षमा उम्मे्द्वारी दर्ता गराएका हुन । माओवादी केन्द्रबाट वडा नं २ मा निर कु श्रेष्ठ,वडा नं ३ मा भक्त ब प्रधान,वडा नं ४ मा जनकराज सुनुवार,वडा नं ५ मा तिलक तामाङ,वडा नं ६ मा मोतिलाल तामाङ,वडा नं ८ मा सरोज कटुवाल र वडा नं ९ मा चन्द्र ब श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसैगरी दुइ पार्टी मिलेर ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुमा पनि बाडफाड गरेर उम्मेद्वारी दर्ता गराएका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend