logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

देशभरी एक लाख ३६ हजारभन्दा बढी उम्मेदवारले गराए मनोनयन दर्ता


  • जन आकाश
  • मंगलबार, बैशाख १३ २०७९

 



काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

 

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

 

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए  ।

 

देशभरका २९३ नगरपालिकामा ३ हजार २६१ जनाले नगरप्रमुख ९मेयर० पदमा उम्मेद्वारी दिएका छन् भने उपप्रमुख ९उपमेयर० पदमा २ हजार ३ जनाको मनोनयन परेको छ ।

 

गाउँपालिका अध्यक्षका लागि ३ हजार २५४ जनाको मनोनयन परेको छ भने २ हजार २९२ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

 

यसैगरी वडाध्यक्ष पदका लागि ३२ हजार ५९, महिला सदस्यमा २३ हजार ३ सय ७५, दलित महिला सदस्यमा २१ हजार ११५ र सदस्य पदका लागि ४८ हजार ९१० जनाले उम्मेद्वारी दिएका छन् ।

 

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ  ।

 

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend