जन आकाश
काठमाडौ । काठमाडौको तारकेश्वर नगरपालिकामा सरकार गठबन्धनवाट जनता समाजवादी पार्टीवाट आस्मा कार्कीलाई खुल्ला महिला सदस्यमा उम्मेद्धार उठाएको छ । नेकपा माओवादी जनयुद्ध कालमा निक्कै समय सघर्षमा होमिएकी कार्कीले नेपाली महिलाहरुलो भोग्नु परेका समस्या र नारी मुक्ति आन्दोलनमा लामो समय काम गरेको अनुभव छ । उनको उम्मेद्धारीले विपक्षिहरुलार्ई चुनौति खडा गरिदिएको छ ।
नेकपा माओवादीको जनयुद्ध कालमा बाबुराम भट्टराई लाइनमा काम गर्र्दै आएकी कार्की बाबु भट्टराईले माओवादी पार्टी परित्याग गरेदेखिनै नयाँ शक्तिपार्टीमा आवद्ध थिइन नयाँशक्ति पार्टी जनता समाजवादी पार्टीमा समायोजन भएपछि उक्त पार्टीको क्रियाशिल सदस्यको रुपमा काम गदै आएकी छन् ।
तारकेश्वर नगरपालिकाको वाडन ३ मा बिभिन्न महिला समुह संघ÷संस्थाहरुमा आवद्ध कार्कीले सामाजिक कामहरु गरेर जनताको सेवा गरेको हुनाले उनको कामको आधारमा त्यहाका स्सथानीयहरुले छाता चिन्हमा भोट हालेर जिताउन सक्ने सम्भावना बढी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend