जन आकाश
रामेछाप ।रामेछापको गोकुलगंगा गाउँपालिका वाडनं २ को वडा सदस्य खुल्लामा नेकपा (माले) वाट तारासिं तामाङलाई उम्मेद्धार उठाएको छ । देशभरी स्थानीय निर्वाचनमा बृद्धाबृद्धाहरुले उम्मेद्धारी दिइरहेको वेला नेकपा (माले) गोकुलगंगामा भने २५ बर्ष उमेरका तारासिं तामाङलाई उठाएको छ । नेकपा (माले) पार्टीले रामेछाप जिल्लामा युवापुस्ता र अनुभवि ब्याक्तित्वहरुलाई अघि सारेर स्थानीय निकायमा नयाँ पुस्ता र नयाँ योजनासहित काम गर्ने तयारी रहेको देखिएको छ ।
नेकपा(माले) को चुनाव चिन्ह किसानहरुले अत्याधिक प्रयोग गर्ने औजार हशिया तारा चिन्ह रहेको छ । कुनैवेला देशभरी हशिया ताराको समय थियो अहिले पुनः हशिया तारा चिन्हमा अर्थात मालेमा जनताको उभार बढ्दै गएको छ । यसको कारण हो नेकपा (माले) पार्टीले राष्ट्रियताको मुद्दामा २०५२ सालमा एमालेले गरेको महाकाली सम्झौता धोका भनेर पार्टी अलग गरेको थियो । तर एमाले हुनुभन्दा अगाडी नै नकपा (माले) पार्टीको स्थापना भएको थियो जसका सस्थापक माधव कुमार नेपाल, झलनाथ खनाल, सिपी मैनाली, राधाकृष्ण मैनाली, बामदेव गौतम, मदन भण्डारी, जिवराज आश्रित रहेका थिए । जसमा मदन भण्डारी र जिवराज आश्रितको चितवनको दास ढुङगामा २०५० साल जेठ ३ गते दुर्घटनामा पारी मारिसकेका छन् । भने बाँकी वामदेव निउटल बसेका छन् झलनाथ, माधव नेपाल, नेकपा(एकीकृत समाजवादी ) पार्टीमा छन् राधाकृष्ण मैनाली पनि निउटन बसेका छन् । सिपी मैनाली नेकपा(माले)का महासचीव छन् ।
२०४७ सालमा माक्र्सवादी लेलिनवादीका मनमोहन अधिकारी, साहना प्रधान, मोहनचन्द्र अधिकारी स्थाई कमिटीका सदस्य र माथि उल्लेखित ब्याक्तिहरु मिलेर नेकपा एमाले भएको थियो । त्यसपछि २०५४ सालमा नेपाल र भारतवीच भएको माहाकाली सम्झौता राष्ट्रधाति हो भनेर सिपी मैनाली बामदेव गौतम लगायतले मालेलाई पुनःजागृत गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend