logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछापका स्थानीयतहका लागि निर्वाचन सामग्री आइपुग्यो


  • जन आकाश
  • बुधबार, बैशाख १४ २०७९

 



रामेछाप । रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जानकारी दिएको छ ।

स्थानीय निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिएका हुन् ।

निर्वाचमा प्रयोग हुने मतपेटिका, छेकबार, नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजर लगायतका सामग्री आइपुगेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend