जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा काँग्रेस पार्टीमा पैरो गएको छ । पार्टीको तर्फवाट उम्मेद्धारी उठाउने क्रममा पार्टीभित्र सहमति हुन नसक्दा र पार्टीले अघिल्लो दिन गरेको निर्णय उम्मेद्धारी दिने दिन फेरवदल गरेको भनेर उपमेयरको लगि शुशिला तामाङले सोही पदमा स्वतन्त्रवाट बागी उम्मेद्धारको लागि उम्मेद्धारी दिएपछि रामेछाप नगरपालिकामा खैलाबैला भएको छ ।
नेपाली काँग्रेस रामेछापमा एकपछि अर्को विवादहरु देखिन थालेका छन् । देशमा केन्द्रमा ५ गठबन्धन भएर निर्वाचनमा गएको विषयमा पनि केन्द्रको निर्णय नमान्ने जस्ता निर्णय माइन्युटमा नै लेख्ने जस्ता काम भएको थियो ।
त्यसैगरी नगरपालिकाको टिकटको बिषयलाई लिएर निक्कै समय विवाद भई अन्तमा अघिल्लो दिन सृर्जना खड्कालाई मेयर र उपमेयरमा शुशिला तामाङलाई उठाउने निर्णय भएको थियो तर १२ गते उम्मेद्धारी दर्ता गराउने क्रममा मेयरमा लवश्री न्यौपाने र उपमेयरमा बालकुमारी कार्की थापालाई मनोनयन गरेको थियो ।
यस बिषयले रामेछाप नगरपालिकामा नेपाली काँग्रेसमा निक्कै चर्चा पाएको छ । नेकपा एमालेवाट समाजवादी फुटेको अवस्थामा सहजै नेपाली काँग्रेसले रामेछाप नगारपालिकामा विजय हाहिल गर्ने अनुमान गरिएको थियो । काग्रेसमा पनि सुशिलाको बागी उम्मेद्धारीले नेपाली काँग्रेसमा पनि पैरो गएको छ । १६ गते अन्तिम समयसम्म शुशिला तामाङले उम्मेद्धारी फिर्ता नलिने हो भने रामेछापमा काँग्रेसको विरासत २०७९ सालको बैशाख ३० गतेवाट भंङग नहोला भन्न सकिने अवस्था नरहेको नेपाली काँग्रेस रामेछाप नगारपालिका सम्बन्ध व्याक्तिहरुले चिन्ता गर्न थालेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend