जन आकाश
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन,२०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराएका उम्मेदवारलाई मनोनयन फिर्तागराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन निर्वाचन आयोगले सम्बद्ध सबैदललाई आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सो आग्रह गरेको हो । यस्ता गतिविधिले संविधान र प्रचलितकानून बमोजिम योग्यता पूगेका कुनैपनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने आयोग को भनाई छ ।
यस्ता हर्कत् नगर्न नगराउन आयोगले सरोकारवालाहरू सबैप्रति आग्रह गरेको छ । उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजी खुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने ऐन नियममा व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ । त्यसैगरी कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखित रूपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने आयोगले बताएको छ ।
सो बाहेक अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने आयोगले प्रष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिवद्ध भएर अहोरात्र खटिराखेको छ ’विज्ञप्तिमा भनिएको छ, । सम्पूर्ण राजनीतिकदल, उम्मेदवारलाई संविधान र कानूनको पूर्ण परिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा उम्मेदवारलाई डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर हुन्छ ।
निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गर्दछौँ ।’ नेपालको संविधान, स्थानीय तह निर्वाचनऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली,२०७३, स्थानीय तह निर्वाचन निर्देशिका,२०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनको प्रयोग र पालनामा इमान्दार हुनपनि सम्बद्ध सबैमा आयोगले आग्रह गरेकोछ । राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्कीदिनु निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनैपनि हालतमा नदोहो¥याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्नसमेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ’ भनिएको छ ।
आयोगका प्रवक्ता तथा सह–सचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । करिब ४ हजारको उम्मेदवार मनोनयन फिर्ता काठमाडौँ– वैशाख ३० गते हुने स्थानीय तहनिर्वानका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका मध्येकरिब चार हजारले उम्मेद्धारी फिर्ता लिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend