logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२०७९ निर्वाचनमा असल ब्याक्तिहरु जनताले चुनुन् 


  • जन आकाश
  • बिहिबार, बैशाख २२ २०७९

२०७९ निर्वाचनमा असल ब्याक्तिहरु जनताले चुनुन् 
यहि वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जनताले असल, सक्षम, योग्य समाजप्रति जवाफदही जनप्रतिनिधि चुनुन् । विगतका निर्वाचनहरुमा जनतालाई ढाटेर नेतृत्वदायी भुमिकामा पुगेका जनप्रतिनिधिले दिएको धोका वर्तमानमा पनि नआओस भन्नका लागि समयमा नै जनताले असल व्यवहार भएका, जनताप्रति जवाफदेही हुने देश र जनताको पक्षमा काम गर्न सक्ने क्षमता भएका योग्य नेतृत्व चयन गर्ने सुवर्ण अवसर स्थानीय निर्वाचन हो ।



पाँच बर्षमा एकपटक आउने यस्तो महत्वपुर्ण अवसर जनताले जतिसक्दो सदुपयोग गर्नुपर्छ । असल साशनका लागि स्थानीय जनताले नै चुनेर पठाएका प्रतिनिधिहरुले स्थानीय सरकारलाई दिएका ६४ प्रकारका अधिकारहरु प्रयोग गरेर गाउँ, टोल, वडा, पालिका, नगरपालिका, उप महानगरपालिका, महानगरपालिका लगायतमा विकास गर्न सक्छन् । ति अधिकारलाई जनता र देशको पक्षमा निर्णय गर्न÷गराउन जनताप्रति जवाफदेही, अनुभवी, जनताको पक्षमा काम गर्ने स्थानीय रुपमा नै भिजेको खटेको जनताको सेवामा अहोरात्र खट्ने जनप्रतिनिधिहरुलाई स्थानीय जनताले मतद्धारा प्रकट गर्ने अवसर हो ।

जनताको लागि जनताले नै चुनेर पठएका जनताकै लागि काम गर्ने परिपाटीलाई प्रजातान्त्रिक अभ्यास भनिन्छ । नेपालको २०७२ सालको संविधानले पनि गणतन्त्र लोकतान्त्रिक समावेशी समान हकको रक्षा गर्ने गरी स्थानीयलाई स्वयत सहितको अधिकार प्रदान गरेको छ । उक्त अधिकारलाई जनताको कार्यन्वयन गर्न सक्ने नेतृत्व २०७९ सालको स्थानीय निर्वाचनमा जनताद्धारा गोप्य मतदान गरेर छान्ने अवसरलाई समाज हितको पक्षमा पार्न सक्नुपर्छ । यो नै जनताहरुको आफ्नो अधिकार सुरक्षित गर्ने अवसर हो ।

यस्तो महत्वपुर्ण अवसरहरुलाई लोभ, लालच, र झट्टटा आश्वसनमा परेर दुरुपयोग हुन दिनुहुदैन । विगतमा पनि यस्ता गलत क्रियाकलाप जनता र नेता विचमा भएको कारण असल, नेतृत्वहरु देशले पाउन सकेको छैन ।

पुरानै अनुहारहरुले घुमिफिरी साशन गर्ने र जनताको सोच एकातिर पार्टीका नेताको काम गर्ने तरिका अर्कोतिर हुदा देशले सोचेको परिवर्तन गर्न सकेको छैन । जसको परिणाम देशका उर्जाशक्ति युुवाहरु रिन काडेर लाइन बसी विदेश जान बाध्य छन् । यस्तो चलनको अन्त्य गर्न जुन पार्टीका व्याक्तिले चुनावको प्रतिवद्धता पत्रमा उल्लेख गर्छन । त्यस्ता योजनाहरुमा जनताले मतदान गरेर जिताउनु पर्छ । यो महान कार्य गर्न जनतो मतदान सही ठाउँमा मत दिई सदुपयोग गर्न सक्नुपर्छ ।

यस्तो महत्वपुर्ण अवसरवाट कोही पनि मतदाता नामवलीमा नाम भएका सम्भव भएसम्मका कोही पनि नागरिक नछुट्टौ नचुकौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend