logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मन्थली नगरपालिकामा काँग्रेस र एमालेको उच्च प्रतिस्पर्धा


  • जन आकाश
  • आइतबार, बैशाख २५ २०७९

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा मेयरको लागि नेपाली काँग्रेस र एमालेको उच्च प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसले बिनोद कार्कीलाई मेयरमा उम्मेद्धार उठाएको छ । त्यसैगरी नेकपा(एमाले)वाट लव श्रेष्ठलाई  मेयरमा उम्मेद्धार उठाएको छ ।
रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा २०७९ को स्थानीय निर्वाचनमा उच्च प्रतिस्पर्धा नै हुने काँग्रेसका मेयरको उम्मेद्धार विनोद कार्कीको भनाई रहेको छ । उनले भनेका छन् । “विगतमा काँग्रेस पार्टीलाई भन्दा एमालेलाई जनताले केही मत बढी दिएर जितायर पठाए एमालेले पाएको स्थानीय देखि केन्द्रसम्म कुनैपनि आश लाग्दा काम नभएको र जनताले आशा गरेका कुनैपनि काम एमालेले नगरेको हुनाले यस पटक नेपाली काँग्रेस नै जनताको भरोशाको पार्टी बन्नेमा हामी छौ । ” विनोद कार्कीको भनाई



त्यसैगरी अर्का एमालेवाट मेयरकै उम्मेद्धार रहेका लव श्रेष्ठले पनि “एमाले पार्टीले सरकारमा रहदा चुच्चे नक्सा निकाल्ने देखि चीनसँगको पारवहन सम्झौता एमालेको सरकारले गरेको हुनाले एमाले पार्टीलाई जनताले जिताउनु हुनेछ । ”भनेका छन् । यी दुवैको भनाई र जनताहरुले चोक चोकमा गरेको कुरालाई आधार मान्ने होे भने मन्थली नगरपालिको मेयर पदका उम्मेद्धारहरु वीच निक्कै प्रतिस्पर्धा हुने देखिन्छ ।

गएको २०७४ सालको स्थानीय निर्वाचनमा एमालेवाट उम्मेद्धारी दिएका रमेश बस्नेतले नेपाली काँग्रेसका विनोद कार्कीलाई झण्डै १५०० मतको अन्तरमा पराजित गरेका थिए ।

एमालेका रमेश बस्नेत एमालेवाट चोइटिएको नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरिसकेको र समाजवादी र माओवादी केन्द्रवीचको तालमेत भएको हुदा उक्त १५०० सयभन्दा बढी नै मत समाजवादीले ल्याउने सम्भावना हुदा नेपाली काँग्रेस र एमालेमध्य निर्वाचन कस्ले जित्छ भन्न नसके पनि निक्कै प्रतिस्पर्धा हुने र जित हार थोरै मतले मात्र हुने हुदा अत्याधिक प्रतिस्पर्धा हुने देखिन्छ ।

मन्थली नगरपालिकामा काग्रेस, एमाले प्रतिस्पर्धामा छन् । त्यसैगरी नेकपा(माओवादी केन्द्र), नेकपा(माले)ले पनि प्रतिस्पर्धा गरेका छन् । उनिहरुको सांगठानिक अवस्था कमजोर भएपनि जनताले चाहेको खण्डमा नेकपा(माले) र नेकपा(माओवादी केन्द्र)को पनि उत्तिक्कै सम्भावना छ ।

नेकपा(माले)वाट मनोज बुढाथोकी, नेकपा(माओवादी केन्द्र)वाट दीपक प्रसाई मेयरको उम्मेद्धार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend