जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वाडन. ८ बाल मन्दिर मा.वि.मा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी पार्टीको संयुक्त कार्यक्रम भएको छ ।
उनिहरुले जनतालाई आफ्नो मत माग्ने प्रचार गर्ने माहोल तयार गने, शक्ति प्रदर्शन गर्ने कार्यक्रम अनुसार उक्त कार्यक्रम गरेका हुन् ।
आउदो दुइदिन पछि २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा रामेछापमा सरकारपक्ष पार्टीहरुको गठबन्धन हुन नसकेपछि नेकपा(माओवादी केन्द्र) र नेकपा(समाजवादी ) पार्टी वीच रामेछाप नगरपालिकामा गठबन्धन भएको छ ।
यी दुई पार्टीको गठबन्धनले मेयरमा माओवादीका नरेशबाबु श्रेष्ठलाई साझा उम्मेद्धारलाई प्रतिस्पर्धामा उतारेका छन् । भने उपमेयरमा समाजवादीवाट ढालबिक्रम कार्कीलाई मैदानमा उतारेका छन् ।
यो भन्दा अगाडी २०७४ सालको निर्वाचनमा ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा १,६, ३ नेकपा (एमाले)ले जितेको थियो । त्यसैगरी ९, २, ५ माओवादी केन्द्रले जितेको थियो । ७,८ र ४ नेपाली काँग्रेसले जितेको थियो । यसरी मिश्रित रुपमा परिणाम आएको नगरपालिकामा मेयर र उपमेयर नेपाली काँग्रेसले जितेको थियो ।
यो पटक नेकपा एमालेवाट गएको निर्वाचनमा १०१ मतले नेपाली काँग्रेसवाट पराजित भएका रोशन पाख्रिन मेयरको उम्मेद्धार रहेका छन् । नेपाली काँग्रेसवाट लवश्री न्यौपाने मेयरको उम्मेद्धार रहेका छन् । यसरी त्रिपक्षिय मेयरमा प्रतिस्पर्धा हुदा मेयरमा कस्ले जित्छ भन्न सकिने अवस्था छैन । तर त्रिपक्षिय प्रतिस्पर्धा हुने सम्भावना बढी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend