जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गाकुलगंगा गाउँपालिका अध्यक्षमा काजी बहादुर खड्का(दिनेश) ले सानदार जित हाशिल गरेका छन् । अर्का नेकपा एमालेका प्रत्यसी अध्यक्ष खड्क बहादुर सुनुवारलाई १३८३ मतान्तरले पराजित गर्दै सानदार जित हासिल गरेका हुन् । विजय हासिल गर्ने काजी बहादुर खड्काले ६०९३ मत प्राप्त गरेका थिए । भने पराजित भएका खड्क बहादुर सुनुवारले ४७१० मात्र प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्ष पदको लागि भएको प्रतिस्पर्धामा पनि नेपाली काँग्रेसकी उषादेवी कार्कीले राधिका श्रेष्ठलाइ ५६७ मतान्तरले पराजित गरेर सानदार जित हासिल गरेकी हुन् । विजयी हुने उषादेवी कार्कीले प्राप्त गरेको मत ४७१० पराजित भएकी राधिका श्रेष्ठले ४६८६ ल्यायकी थिइन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष, ४ वटा वडा जितेको थियो ठिक त्यसैको उल्टो नेपाली काँग्रेसले २०७९ को स्थानीय तहमा त्यसैगरी ४ वटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष जितको छ । जसमा ५ नम्वर वडामा एमालेले वडा अध्यक्ष मात्र जितेको छ । अन्य वडा सदस्यहरु सवै नेपाली काँग्रेसले जितेको छ । नेपाली काँग्रेसले ४ जना थप प्रगती गरेको छ ।
वडाअध्यक्ष मध्यको धेरै मत ल्याउनेमा नर विक्रम कार्की
गोकुलगंगा गाउँपालिकामा भएको २०७९ स्थानीय निर्वाचनमा वडा अध्यक्ष जित्ने वडाअध्यक्षहरु मध्य सवैभन्दा बढी मत ल्यायर विजयी हुनेमा वडान. ३ का वडा अध्यक्ष नरविक्रम कार्कीले नाम लेखायका छन् । उनले प्रप्त गरेको मत १३४२ छ भने विपक्ष चक्र बहादुर तामाङको ६७८ मत मात्र छ । यो अन्तर ६६४ मतान्तरले विजयी भएका हुन् ।
नेपाली काँग्रेसको विजयी ¥याली सम्पन्न
नेपाली काँग्रेसले यहि जेठ ३ गते गोकुलगंगा गाउँपालिकाका वडाहरुमा विजयी ¥याली सम्पन्न गरेको छ । नमाडीवाट वेताली हुदै रसनालुको तल्लो वाटो भएर ठोसे हुदै गर्जाङ पुगेर ¥याली पुनः ठोसे हुदै रसनालुको माथिल्लो वाटो भएर वेताली हुदै नमाडी हुदै फर्पुमा पुगेर कार्यक्रम सम्पन्न गर्दै नेपाली काँग्रेसलाई मत दिने मतदाताहरुलाई धन्यवाद दिएका थिए ।
विजयी ¥यालीमा नेपाली काँगे्रसवाट जितेका वडा वडाका अध्यक्षहरु सहभागी थिए । वडा वडामा पुग्दा जनताहरुले विजयी भएका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, वडा सदस्यहरुलाई अवीर, माला, र खादा लगायर बधाई दिएका थिए ।

ठोसेका जनताले विजयी टोलीलाई हिडायरनै बजार परिक्रमा गारयो ।
वडान. २ ठोसेका जनताले विजयी भएमा जनप्रतिनिधिहरुलाई गाडीवाट ओरालेर बजार परिक्रमा गर्न लगाएका थिए । अन्य ठाउँमा गाडीवाट नै धन्यवाद व्याक्त गदै माइकवाट गीत वजाउदै अगाडी बढेको विजयी टोलीलाई ठोसे बजार नपुग्दै नाकामा जनताले ओरालेर दाया–वाया जनताहरु बसेर फुल, माला, अवीर, खादा लगायर स्वागत गर्दै जनप्रतिनिधिहरुसँग अङकमाल गर्र्दै विजयी ¥याली चौतरासम्म पुगेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend