जन आकाश
रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा काँग्रेस र नेकपा(माओवादी केन्द्र)को गठबन्धन वाट साझा उम्मेद्धार बनेका मैन कुमार मोक्तान गाउपालिका अध्यक्षमा विजयी भएका छन् । जम्मा १२० मतको मतान्तरले मोक्तान विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी टंक प्रसाद चौलागाईले माओवादी केन्द्रको पकड रहेको क्षेत्रमा एमालेवाट चुनावमा प्रतिस्पर्धा गरेका थिए । उनले यो दोरम्बा गाउँपालिकामा ल्याएको निक्कै राम्रो मत हो ।
विजयी हुने मैन कुमार मोक्तानले प्राप्त गरेको मत ६२७० हो ।
पराजित भएका टंक प्रसाद चौलागाईले प्राप्त गरेको मत ६१५० हो ।
त्यसैगरी उपाध्यक्षमा पनि माओवादी काँग्रेस गठबन्धनवाट उम्मेद्धारी बनेकी खमला थापामगर गाउपालिका उपाध्यक्षमा विजयी भएकी छन् ।
विजयी खमला थापाले प्राप्त गरेका मत ६७८१ रहेको छ ।
मुना कडेल (थापा)ले प्राप्त गरेको मत ५३१० रहेको छ ।
वडाहरुमा कुन पार्टीवाट कसले जिते
१ न. वडामा अध्यक्ष नेकपा(एमाले) का प्रेम कुमार लामाको प्यानलै विजयी भएका छन् ।
२ न. वडामा अध्यक्ष नेकपा (माओवादी केन्द्र) का मेचमान तामाङ प्यानलै विजयी भएका छन् ।
३ न. वडामा अध्यक्ष नेपाली काँग्रेसका सन्तलाल थापामगर र माओवादी केन्द्रवाट दुइजना सदस्य र एमालेवाट २ जना सदस्य जितेका छन् ।
४ न. वडामा अध्यक्ष श्यामलाल घिसिङले जितेका छन् भने वडासदस्यहरु माओवादी केन्द्रले जितेका छन् ।
५ न. वडामा अध्यक्ष माओवादी केन्द्रका गंगा बहादुर तामाङको प्यानलै विजयी भएका छन् ।
६ न. वडामा अध्यक्ष नेकपा(एमाले)का टिका प्रसाद गौतम सहित प्यानलै विजयी भएका छन् ।
७ न. वडामा अध्यक्ष प्रवीन कुमार लामा सहित गठबन्धन प्यानलै विजयी भएका छन् ।
अहिले यतिखेर दोरम्बा सैलुङ गाउँपालिकामा विजयी ¥याली भईरहेको त्यहावाट हामीलाई नविन पाठकले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend