logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौको महानगरमा स्वतन्त्र उम्मेद्धारले ल्यायको परिणामले देशले परिवर्तन खोजेको संकेत


  • जन आकाश
  • बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौ । नेपालमा थेत्रा पार्टीहरुको काम गराई र उनिहरुको गलत प्रवृतिले आजित भएका नेपाली जनताले परिवत खोजेको संकेत गरेका छन् । लोकतन्त्रमा पार्टीहरुले गरेका कामको आधारमा निर्णय गर्ने तरिका भनेको निर्वाचन हो । अहिले २०७९ वैशाख ३० गते स्थनीय तहको निर्वाचन भयर मत गणना भइरहेको छ । कतिपय ठाउँमा मत गणना सकियर परिणाम आइसकेको छ ।



काठमाडौ र भरतपुरको बढी चर्चा
काठमाडौमा स्वतन्त्र उम्मेद्धारी दिएका शैलेन्द्र शाह अर्थात उर्फ वालेन शाह निक्कै चर्चामा छन् । उनले नेपालका सत्तामा आलोपालो गरी बस्ने एमाले काँग्रेसलाई माथ ख्वाउने गरी जनताको मत पायका छन् । उनलाई पछ्याइरहेका केशन स्थापितलाई झण्डै डव्वल मतले पछि पार्दै अगाडी बढीरहेका छन् ।

चितवनको भरतपुरमा माओवादी काँग्रेसको गठबन्धनवाट मेयरको उम्मेद्धार भएकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनि पुर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) अध्यक्ष प्रचण्डकी छोरी हुन् । त्यहा नेपाली काँग्रेसले गलत काम गरेको भनेर नेपाली काँग्रेस छोडेर स्वतन्त्र उम्मेद्धार बनेका जगनाथ पौडेलले पनि ६०९० मत प्रप्त गरेर तेस्रो स्थानको लागि पछ्याइरहेका छन् ।

त्यसैगरी देशभरी स्वतन्त्र उम्मेद्धारहरुले पायको लोकप्रीय मतले नेपालमा नयाँ पुस्ताको नेतृत्व देशले खोजेको संकेत गरेको छ । राजनीतिक पार्टीहरुको नेतृत्व गर्ने शैली राणा साशनको पतन पछि उनिहरुनै राणाकालीन शैलीमा पार्टीमा अगुवाहरुले पशुपतिमा पीण्डा नसेलाएसम्म पार्टीको अध्यक्ष लगायत महत्वपुर्ण पदहरु नछोडेर बस्ने हुनाले युवा पुस्ताले ति पार्टीहरु भित्र आफ्नो भविष्य देख्न छोडेका छन् ।

विश्वमा आयको परिवर्तन र नयाँ नयाँ टेक्नोलोजी, छोटो समयमा नै प्रचुर विकास गर्न सक्ने क्षमता भएका युवाहरु अवसरवाट बञ्चित हुनुपर्दा बहुसंख्याका युवाहरुले यसैगरी देशमा वैकल्पिक शक्तिको आवश्यकता ठानेर देशभरी स्वतन्त्र उम्मेद्धारी दिएका देखिछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend