जन आकाश
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा नेकपा एमालेका लव श्रेष्ठ मेयरमा विजयी भएका छन् । भने त्यसैगरी उपमेयरमा पनि एमालेवाट नै इश्वरी बस्नेत निर्वाचित भएकी छिन् । विजयी भएका लव श्रेष्ठले ९७१८ मत ल्याएर बिनोदकुमार कार्कीलाई ५९६ मतान्तरले पराजित गरेका हुन् । बिनोद कुमार कार्कीले प्राप्त गरेको मत ९१२२ रहेको छ ।
त्यसैगरी उपमेयरमा विजयी भएकी बस्नेतले ९१६१ मत ल्याई नेपाली काँग्रेसकी यशोदा श्रेष्ठलाई १०७ मतको अन्तरले पराजित गरेकी हुन् । यशोदा श्रेष्ठले प्राप्त गरेको मत ९०५४ रहेको छ ।
वडाहरुमा
१ न. वडा अध्यक्षमा नेपाली काँग्रेस रामहरि पौडेल
२ न. वडा अध्यक्षमा नेकपा एमाले सुरेन्द्र कार्की
३ न. वडा अध्यक्षमा नेकपा एमाले कृष्ण गोपाल थापा
४ न. वडा अध्यक्षमा नेपली काँग्रेस राजन घिमिरे
५ न. वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादी
६ न. वडा अध्यक्षमा नेपाली काँग्रेस अशोक तामाङ
७ न. वडा अध्यक्षमा नेपाली काँग्रेस भुवन प्रसाई
८ न. वडा अध्यक्षमा नेकपा एमाले गोपाल श्रेष्ठ
९ न. वडा अध्यक्षमा नेकपा एमाले गोकर्णराज आरण
१० न. वडा अध्यक्षमा नेपाली काँग्रेस गोपिलाल तामाङ
११ न. वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र भीम बहादुर मगर
१२ न. वडा अध्यक्षमा नेपाली काँग्रेस खिलेन्द्र बहादुर खत्री
१३ न. वडा अध्यक्षमा नेकपा एमाले नवराज थापामगर
१४ न. वडा अध्यक्षमा नेकपा एमाले मोतिलाल तामाङ
रहेका छन् ।
एउटा वडामा माओवादी केन्द्र
एउटा वडामा नेकपा एकीकृत समाजवादी
छ वटा वडामा नेपली काँग्रेस
छ वटामा नेकपा एमालेले विजय हासिल गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend