logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप जिल्लाका पालिका अध्यक्ष र मेयरलाई मुख्य निर्वाचन अधिकृतद्धारा सपथ ग्रहण   


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ६ २०७९

 



रामेछाप । रामेछाप जिल्लाका ६ वटा गाउँपालिका अध्यक्ष २ वटा नगरपालिकाका मेयरलाई मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले निर्वाचित पालिका प्रमुखहरुलाई सपथ ग्रहण गरायका छन् ।

निर्वाचित पालिका प्रमुखहरुलाई रामेछाप जिल्ला मुख्य निर्वाचन अधिकृतले मन्थलीमा सपथ ग्रहण गरायका हुन् ।

सपथ लिनेहरुमा मन्थली नगरपालिकामा मेयरमा निर्वाचित लव श्रेष्ठ उनि नेकपा(एमाले) वाट विजयी भएका हुन् ।

रामेछाप नगरपालिकामा निर्वाचित लवश्री न्यौपाने उनि नेपाली काँग्रेसवाट विजयी भएका हुन् ।

खाडाँदेवी गाउपालिकाका अध्यक्षमा निर्वाचित ज्ञान कुमार श्रेष्ठ उनि (एमाले)वाट विजयी भएका हुन् ।

गोकुलगंगा गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित काजी बहादुर खड्का उनि नेपाली काग्रेसवाट विजयी भएका हुन् ।

उमाकुण्ड गाउँपालिका अध्यक्षमा निर्वाचित शेर बहादुर सुनुवार उनि नेकपा (एमाले) विजयी भएकी हुन् ।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित केशव महत उनि नेपाली काँग्रेसवाट वाट विजयी भएका हुन् ।

सुनापति गाउपालिका अध्यक्षमा निर्वाचित ठुलोकान्छा तामाङ उनि नेकपा(माओवादी केन्द्र) वाट विजयी भएका हुन् ।

दोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष पदमा निर्वाचित मैन कुमार मोक्तान उनि नेकपा (माओवादी केन्द्र) वाट विजयी भएकी हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend