जन आकाश
काठमाडौ । काठमाडौ महानगरपालिका मेयर पदको प्रतिस्पर्धामा स्वतन्त्रवाट उम्मेद्धारी दिएका बालेन्द्र शाह उर्फ वालेन शाहले ८० हजार मत गणना गर्दा झण्डै ३०००० हजार मत उनले पाइसकेका छन् । र अग्रस्थानमा कायमै रहेका छन् । उनलाई पछ्याईरहेका केशव स्थापितले लगभग १६००० हजार मत पाउदै दोस्रास्थानमा रहेका छन् । त्यसैगरी गणेशमानको बुहारी प्रकाशमानको श्रीमति सृर्जना श्रेष्ठले १५००० मत ल्याउदै तेस्रो स्थानमा कयमै छीन् ।
यो मत परिणाम हेर्दा नेपालका सत्ताधारी पार्टीहरु र विगतमा पटक पटक सत्तामा पुगेका अनुहार उहि तरिका नयाँ नयाँ निकाल्दै जनतालाई आजित बनायका अनुहारहरुलाई जनताले मन नपरायको मत परिणामले देखाउदै छ । यसले सत्तामा मात्र लालयित हुने पार्टीहरुको आयु छोटिदै गएको देखिन्छ ।
हाल देशभरी स्वतन्त्रवाट निर्वाचनमा भाग लियका व्यात्तिहरुले बिभिन्न ठाउँमा विजयी हाशिल गरेका छन् । भने कतिपय ठाउँमा लोकप्रीय मत ल्यायर देशमा परिवर्तन हुनुपर्छ भन्ने संकेत गरिसकेका छन् ।
त्यसमा झनै नेपालको संघिय राजधानी भएको काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाह उर्फ वालेन शाहले पायको मतले देशका हरेक स्थानीय निकायमा आउदो ५ बर्षभित्रमा नयाँ पुस्ताले सवै स्थानीय निकायमा विजयी हासिल गर्न सक्ने संकेत गरेको छ ।
यस्तो परिस्थिति बढ्दै गएमा सत्तामा रस चुसेर बसेका पार्टीहरुको आयु छाडै समाप्त हुने कुरामा कुनै सन्देह हुने छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend