जन आकाश
चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनवाट उम्मेद्धार भएका दुवै उम्मेद्धार विजयी भएका छन् । मेयरमा रेणु दहाल र उममेयरमा चित्रसेण अधिकारी निर्वाचित भएका हुन् । मेयर दाहाल नेकपा (माओवादी केन्द्र ) र चित्रसेन अधिकारी नेपाली काँग्रेस पार्टीवाट उम्मेद्धार दिएका थिए ।
मेयरले निकटतम् प्रतिद्धान्द्धी नेकपा (एमाले)का उम्मेद्धारहरुलाई निक्कै भारी अन्तरले पराजित गरेका छन् । मेयरका नेकपा एमालेका उम्मेद्धारलाई १२४४९ मतान्तरले निर्वाचित रेणु दाहाले पराजित गरेकी थिइन । रेणु दाहालले प्रप्त गरेको मत ५२०३० रहेको छ । भने नेकपा (एमाले) का उम्मेद्धार विजय सुवेदीले प्रप्त गरेको मत २९५८१ रहेको छ ।

त्यसैगरी उपमेयरमा निर्वाचित चित्रसेन अधिकारीले पनि २२१९१ मतान्तरको भारी मतले निकटतम प्रतिद्धान्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाना गुरुङलाई पराजित गरेका छन् । निर्वाचित चित्रसेनले प्रप्त गरेको मत ५२८०३ रहेको छ भने निकटतम् प्रतिद्धान्द्धी हिमाना गुरुङले प्रप्त गरेको मत ३०६१२ रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend