जन आकाश
काठमाडौ । नेपालको राजधानी काठमाडौ महानगरपालिकाको मत परिणाम आउदै बालेन्द्र शाह विजयी घोषणा हुन मात्र बाँकी २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका मत परिणामहरु करिव करिव सकिन लागेका छन् ।
बाकी रहेका महानगरपालिकाहरुको मत परिणाम आउदै छन् । भरतपुरको मत परिणाम आइसकेको छ । जहा रेणु दाहाल विजयी भइसकेकी छन् । त्यसैगरी ललितपुर महानगरपालिकामा निवर्तमान मेयर चिरीबाबु महर्जन नै पुनः निर्वाचित हुने लगभग पक्का भइसकेको छ ।
यसा सवैभन्दा चासोको रुपमा रहेको काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेद्धार वालेन्द्र शाहको जित सुनिश्चित भइसकेको छ । उनले निकटतम् प्रतिद्धान्द्धी सृर्जना श्रेष्ठलाई २० हजार भन्दा पनि बढी मतान्तरले पछि पारिसकेका छन् । उनको मत अध्याधिक अगाडी छ । भने बाँकी गन्न रहेको मत लगभग २० हजार मात्र रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
उक्त रेकर्डलाई आधार मान्दा निकट्तम् प्रतिद्धान्द्धी सृर्जनाले सवै २० हजारै मत लगिछन् भने पनि बालेन्द्र शाहले १६०७ मतले जित्छन् । त्यसकारण बालेन्द्र शाह काठमाडौ महानगरपालिकाको मेयरमा बिजयी हुने निश्चित भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend