logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौको महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाह विजयी


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १३ २०७९

 



काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयरको लागि भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट उम्मेद्धारी दिएका लौरो चिन्हका बालेन्द्र शाह अर्थात बालेन शाह विजयी भएका छन् । उनले ६१७६७ मत ल्यायर उनका निकटतम् प्रतिद्धान्द्धी नेपाली काँग्रेसवाट उम्मेद्धारी दिएकी सिर्जना श्रेष्ठलाई २३४२६ मतान्तरले पराजित गरेका हुन् ।

उनले पराजित गरेका उपविजेता सिर्जनाले पायको मत ३८३४१ रहेको छ ।

उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी
काठमाडौ महानगरपालिकामा उपमेयरको लागि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट उम्मेद्धारी दिएकी सुनिता डंगोल विजयी भएकी छिन् । उनले प्रप्त गरेको मत ६८६१२ रहेको छ । उनले निकटतम् प्रतिद्धान्द्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई ४४८०६ को भारी अन्तर मतले पराजित गरेकी हुन् ।

रामेश्वर श्रेष्ठ नेकपा एमालेवाट विद्रोह गरी नेकपा एकीकृत समाजवादीमा केही महिना अगाडी मात्रै पार्टी प्रवेश गरेका ब्याक्ति हुन् ।

यतिवेला काठमाडौ महानगरपालिकाको मेयर पदमा निर्वाचित बालेन शाहको धन्यवाद ¥याली बिभिन्न ठाउँमा पुगेर लाजिम्पाट आइपुगेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend