जन आकाश
कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिकाको मेयरमा विजयी धनराज आचार्य निर्वाचित भएको केही दिनमा नै विवादमा फसेका छन् । उनले निर्वाचन आयोगलाई तर्कहिन कुराहरु राखेर आरोप लगाई मतदाताालाई भ्रम छरेको भनेर निर्वाचन आयोगले स्पटीकरण सोधेको छ ।
उनले निर्वाचन आयोगलाई यस्तो आरोप लगायका थिए । निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।
उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो रु निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ? निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैनरु महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँगकानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।
निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीको विरुद्धमा आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई स्थानीय तह निर्वाचन, २०७९ को निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनु पर्नाको कारण खुलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend