logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिनावारी दिवसमा साइकल ¥याली


  • जन आकाश
  • शनिबार, जेष्ठ १४ २०७९

काठमाडौं । महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली भएको छ। एक्सपोज नेपालले २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली भएको छ ।



एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्‍याली आयोजना गरेको हो । आज बिहान साढे ७ बजे बसन्तपुरबाट सुरु भउको र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी सम्पन्न भएको छ।

र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता रहेको छ । उक्त आयोजना एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आएको संस्थाले गरेको हो।

सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्री वितरण गर्दै आएको छ।

संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सीप प्रदान गरी हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, बारा, सुर्खेतसहित २३ जिल्लाका ४ हजार ९ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष ज्ञान महर्जनले जन आकाशलाई बताएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend