logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

देशलाई यो महगीमा पु¥याएका घटनावाट पाठ सिकौं


  • जन आकाश
  • सोमबार, जेष्ठ १६ २०७९

यतिखेर देशमा महगी, अभाव, तनाव तिव्र छ । देशमा सरकार छ की छैन नागरिकहरुले देशमा सरकार भएको महसुस गरेका छैनन् । गाउँ गाउँमा सक्रिय जनशक्ति छैन । भएका सवंै विदेश पलायन भएका छन् । देशमा साशन चलाउने सत्ताधारीहरु तिनै विदेश गएका इमानदार नेपाली युवाहरुको पसिनावाट जम्मा भएको रेमिट्यान्समा रमाइरहेका छन् । सवैभन्दा महगी बढाउने मुख्य कारक तत्वको रुपमा रहेको पेट्रोलियम पदार्थको विकल्प सरकारले खोज्न सकेको छैन ।



युक्रेन–रुस युद्ध शुरु भएपछि उत्पन्न भएको विश्व अर्थतन्त्रको असरले अरुलाई के के असर ग¥यो त्यता नेपाल सरकारले ध्यान दिन जरुरी होइन आफ्ना नागरिकलाई संकटको अवस्थामा कसरी संक्षण गर्ने त्यो महत्वपुर्ण कुरा हुनुप¥थ्यो ।

तर त्यस्तो नभएर नेपालले युक्रेनको पक्षमा मत दिदा छिमेकी राष्ट्र चीनले अघोषित नाकाबन्दी जस्तै गरेर सामान पठाउन आनाकानी गरिरहेकै छ । हुनत साना राष्ट्रहरु माथि हुने थिचोमिचोको विरोध गर्नु कुनैपनि साना सर्वभौम राष्ट्रको कत्व्य हो । त्यसमा पनि लोकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालले साना राष्ट्रको पक्षमा मत जाहेर गर्नु युक्रेनको पक्षमा गरेको निर्णय मानवताको पक्षमा नै छ ।

त्यसवाट सृजित समस्याहरु सरकारले सावधान गर्ने उपायहरु अवलम्बन गर्न सक्नुप¥थ्यो त्यो समस्या सावधान तर्फ सरकारको ध्यान गएको देखिदैन । चीनले गरेको अघोषित नाकावन्दी र चीनको वाटो भएर ल्याउन सकिने पेट्रोल पदार्थको आयातलाई सरकारले कुटनैतिक पहल गर्नुपर्ने हो । त्यो पहल भएको देखिदैन ।

भारतले रुसवाट सस्तोमा तेल किनेर नेपाललाई महगोमा बेच्यो ।
नेपालको आयल निगमले भारत आयल कर्पोरेशनसँग सहुलियत दरमा पेट्रोलियम पदार्थ लिने सम्झौता गरेर पेट्रालियम पदार्थ किन्दै आएको छ । त्यही भारतले रुससँग सवैभन्दा सस्तोमा पेट्रोलियम पदार्थ किनेर ल्याउने गरेको छ । तर नेपाललाईं विश्वका सवैभन्दा बढी मुल्य भएको राष्ट्रको मुल्यलाई आधार बनाएर नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मुल्य सूची पठाउने गरेको छ । सोही आधारमा नेपाल आयल निगमले. मुल्य निर्धारण गर्ने गरेको छ । भारतले मुल्य बढाएको कारण नेपालको मुल्य बढेको हो ।

भारतले रुसवाट सस्तोमा किनेर महगोमा पेट्रोलियम पदार्थ बेचेकोे कुरा सामान्य नेपाली जनतालाई समेत थाहा भइसकेको छ । यस्तो परिस्थितिमा नेपाल आयल निगमका सम्बन्धित बिभाग हेर्ने विज्ञहरुले सरकारलाई जानकारी र उपायहरु बताउनुपर्ने हो । त्यो काम भइरहेको छैन । त्यो कामहरु नभएको देख्दा कतै आयल निगमका सम्बन्धित विज्ञहरुको काम गराई देशको हित विपरित त भएको छैन ? प्रश्न उठ्न थालेका छन् ।

यस्तै समस्या आउछन् भनेर विगतवाट सिक्नु¥थ्यो ।
नेपालका नेपालीहरुले विगतमा भारतले लगायका नाकाबन्दी, विदेशीहरुले वेला वेलामा उनिहरुका देशका सामानहरु अभावको बाहाना गर्दै भाउ बढाएर पठाउने जस्ता घटना पटक पटक नेपाल देशका नेपालीहरुले व्यहोरी सकेका छौ ।

यस्ता घटनावाट पाठ सिकेर हामीले आफ्नै देशभित्र सम्भावना हुनसक्ने जति उत्पादन गर्नुप¥थ्यो । त्यस्ता उत्पादनहरु नगन्य रुपमा मात्र रहेका छन् । सरकारको नीति केही कृषि क्षेत्रमा भएपनि त्यहा तराइका चिनी मिललाई दिइदै आएको सुविधा चै चिनी मिलहरुले लिने गरेका छन् ।

तर तिनै चिनी मिलहरुले चिनी उत्पादन गर्नुको साट्टो भारतवाट अवैध रुपमा चिनी ल्याएर वेच्ने गरेका छन् । त्यो काममा थुप्रै मिलेमतो भइराखेका छन् । यो एउटा उदारण मात्र हो । देशमा सरकारले विभिन्न क्षेत्रमा प्रोत्साहनको निम्ति गरेका हरेक क्षेत्रमा यस्ता बिकृतिहरु रहेका छन् । व्यवसाय गर्न झन्झट, करको समस्या, बैकवाट कर्जा लिन समेत अवैध रकम प्रतिशत छुट्याइदिनुपर्ने जस्ता समस्या जाहाको त्याही छन् ।

यस्ता सवै खालका बिकृतिहरुलाई हटाएर नेपालले के के कुरामा आत्मनिर्भर हुने अल्पकालीन नीति, तत्कालीन नीति र दिर्धकालीन नीति बनाएर आफ्ना नागरिको भविष्य कस्तो बनाउने भनेर विगतका सामान्य समस्या सावधान गर्दै ठुला परियोजनाको परिकल्पना गरेर देशलाई अर्थतन्त्रमा बलियो र समान्य नागरिकले पनि नेपालमा सहजै बाच्न सक्छन् भन्ने वातावरण बनाउन सक्नुप¥थ्यो त्यो आजसम्म देखिदैन ।

विगतवाट पाठ नसिक्ने हो भने कहिल्यै खाना नपाएर मान्छे मरेको रेकर्ड नभएको देश नेपालमा पनि गरिवी, अभाव, त्यसमा महगी थपिदा खाना नपाएर बास नपाएर मानिस मर्न सक्ने तर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्छ । विगतवाट पाठ सिक्नैपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend