logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालको विकासमा बहानावाजी बन्द गरौं


  • जन आकाश
  • सोमबार, जेष्ठ २३ २०७९

नेपाल देशको विकास गरेर विश्वको विकसीत राष्ट्रको तुलनामा पुग्ने छ भनेर भाषण गर्ने र नक्कली कुरा गर्नेहरु राजनीतिक पार्टीका नेता र सरकारमा पुगेका तिनै पार्टीवाट मन्त्री, प्रधानमन्त्री बनिसकेका, समाजमा के के नामका संस्था खोलेर समाजसेवी बनि टोपलेका, न्याय क्षेत्रमा कामगरिरहेका कानुन विज्ञ भनाउदाहरु मानव जिवनको लागि रक्षा गर्ने भन्दै मानव अधिकारका लािग काम गर्ने संस्थाहरु लगायतले अन्तरष्ट्रियस्तरमा वा नेपालमानै किन नहोस् । बोल्न पाएभने नेपालका नेपाली जस्तो विकासवादी कोही रहेनछ भन्ने भान उनिहरुको भाषण सुन्नेहरुलाई पार्ने गर्छन् ।



तर व्यवहारमा हेर्ने हो भने विकासको नाममा आएका योजना, परियोजनाका कामहरुमा यिनै माथि उल्लेखित व्यात्तिहरु अवरोधका लागि अगडी पुग्ने गरेका छन् । बोल्छन् एयटा गर्छन् अर्को ।

यस्ता वोल्ने एउटा गर्ने अर्को दुईथरी चरित्र देखाएर काम गर्दा विश्वका विकसीत राष्ट्रको तुलनामा पुग्ने नेपालको लक्ष्य पुरा हुन सक्दैन ।
त्यस्तै भएको छ । नेपालको निजगढमा बन्न लागेको अन्तराष्ट्रिय दोस्रो विमानस्थल बनाउदा वातावरणमा असर पर्ने भनेर कानुनी क्षेत्रमा वकालत गर्दै आएका दुइजना व्याक्तिले मुद्दा हालेकै भरमा सर्वोच्च अदालतले उक्त अन्तराष्ट्रिय दोस्रो निजगढ विमानस्थल देशको त्यतिधेरै खर्च भइसकेको त्यसै अन्तराष्ट्रिय विमानस्थललाई लक्षित गरेर १ खर्वभन्दा बढी लगानी गरेर बनाईरहेको फास्ट ट्रयाक निर्माणकै क्रममा छ । भने मुअव्जा समेत वितरण गरेर विमानस्थल परियोजनाले ३ अर्वभन्दा बढी रकमा खर्च गरिसकेको छ । यस्तो वेलामा सर्वोच्चको निर्णयले नेपालको विकासमा ढुङगा प्रकार गरेर गरेको छ । नेपालको विकासमा हिलो छ्यापेको छ । नेपाललाई पछाडी धकेल्ने काम गरेको छ ।

यस्ता बहानावाजीहरु विगतमा पनि हुने गर्दथे तर प्रकाशमा आउदैनन् थिए । त्यो जड अहिलेसम्म रहेको देखिन्छ । यो निजगढको घटनावाट देशमा परिवर्तन भएको मानिदैन । तर विगतमा गुमराहमा रहने देश विरोधी घटना अहिले प्रकाशमा आउने गरेका छन् ।
व्यस्था जतिवटा परिवर्तन भएपनि सोच संरचना, सयन्त्र सवै पुरानै र विशेष गरेर प्रजातन्त्र आफैमा नराम्रो व्यवस्था नभएपनि त्यस व्यवस्था भित्र छिराएर पठाइएका विदेशी निर्देशनमा काम गर्ने देशका महत्वपुर्ण अङगहरुमा छिरेर नेपाल देशको हित विपरित काम गर्दै आएको निजगढ विमानस्थल निर्माणमा रोक लागेको घटनाले छर्लङ देखिन थालेको छ ।

यस्ता विकास विरोधी र देश विरोधी कार्य गर्नेहरुलाई अरु औषधीले काम गर्दैन त्यसकारण जनताको जनआन्दोलन शान्तिपुर्ण आन्दोलनको आवश्यकता पर्ने देखिन्छ ।

त्यो आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई विकास विरोधी संयन्त्र भत्काउने, राज्यका महत्वपुर्ण ठाउँहरुमा पुगेर राष्ट्र विरुद्ध नै काम गर्नेहरुलाई कडा कानुनी सजायको व्यवस्था गर्ने, राष्ट्रिय गौरवका आयोजना र देशले विकास बर्षहरु मनाउने, त्यो समयमा कुनैपनि ठाउँमा विरोध,बन्द, अवरोध गर्न नदिने र लाखौ लाख विदेश गइरहेका नेपाली जनतालाई आफ्नै देशमा ठुला ठुला परियोजना, कल कारखान खोल्ने, विधुत निर्मांण गर्ने उधोग खोलेर काम गर्ने उधोगीलाई सस्तोमा विधुत प्रदान गर्ने यीनै कामहरु गरेर लाखौ लाख नेपालीहरुलाई रोजगार सृर्जना गर्ने नीति निर्माण गर्न सक्षम नेतृत्व यो नेपालले खोजेको छ ।

त्यो काम शान्तिपुर्ण जन आन्दोलनले मात्र गर्न सक्छ । भएका राजनीतिक पार्टीभित्र सुधार गरेर यो देश र जनताले खोजेको परिवर्तन सम्भव देखिदैन ।

त्यसकारण देश र जनतालाई सधै बहानावजी देखाएर विश्वासमा लिदै साशनसत्ता हातमा लिएर सत्ताको दुरुपयोग गर्दै देश र जनता विरोधि काम गर्ने र न्यायिक क्षेत्रमा त्यही सत्तामा रहेकाको साथ लिएर राजनीतिक नियुक्त बुझेर देश र जनताको विरुद्धमा फैशला गर्ने बहाना बाजीको अन्त्य खोज्नुपर्ने देशको आजको आवश्यकता भइसकेको छ ।

यस्ता देश विरोधी बहानावाजी सधाका लागि अन्त्य गरौ । देशको हितमा सवै सजग बनौ । अध्यारो कोठावाट खेलिएका सवै खालका षयन्त्रलाई परास्त गरौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend