जन आकाश
काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु, र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३,८०० केजीभन्दा बढी फोहोर (७,२२७ केजीकुहिने र २६,६५० केजी नकुहिने) संकलन गरिएको कार्यक्रममा जानकारी दिएको थियो । संकलन गरिएको फोहोरलाई प्रमाण्ीाकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनःप्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने कार्यक्रममा जानकारी दिउको थियो ।
त्यसै गरि सफा हिमाल अभियानका निर्देशकले भन्नुभयो, “सफा हिमाल अभियान २०२२ अन्तर्गत अभियानमा हामीले ४ वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन गर्न सफल भएका छौँ । प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिका निर्वाह गर्न पाएकोमा हामी खुशी छौँ । वातावरण सम्बन्धि जिम्मेवार संस्थाहरुको साझेदारी र वहाँँहरुको अथक सहयोगको लागि हामी आभारी छौँ । साथै यस अभियानको शुरुवात देखि नै हामीलाई प्रदान गर्नुभएको निरन्तर सहयोगको लागि कोका–कोला फाउन्डेसन प्रति कृतज्ञ छौँ ।”
कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्स ब्जर्गले भन्नुभयो, “माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोर–मुक्त वातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो ।
यी हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यको लागिविश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमापनि जोडिएका छन् । यस्तो मजबुत प्राकृतिक–संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ । हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका–कोला फाउन्डेसनले सदैव सहयोग गरिरहनेछ र आशा छ कि यस्ता कार्यक्रमहरुले नेपाल र विश्वभरी नै अझ बढी जलवायु सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न हौसला दिनेछ ।”
यो वातवरणीय क्षेत्रमा गरिएको असाध्यै असल कार्य भएको छ । जति कोका कोलाले नेपालमा ब्यापार गर्छ त्यसैको केही प्रतिशत नोपलमा सामाजिक क्षेत्रमाम काम गर्ने गरी गरेको काम साह्रनीय छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend