logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अटो लगानीको ग्यारेन्टी सरकारले गरेमा अटो उधोग सम्भव छ, नाडा अध्यक्षः र्धुव थापा


  • जन आकाश
  • बुधबार, जेष्ठ २५ २०७९

र्धुव थापा
अध्यक्ष अटोमोवाइल्स अशोसिएसन अफ नेपाल



अटो मोवाईल्स एशोसिएसन अफ नेपाल सवारी साधन विक्री वितरण गर्ने व्यवसायीहरुको संस्था हो । त्यस संस्थाको अध्यक्ष गरिरहनु भएका र्धुव थापाको यस अङकमा उहाको विचार प्रस्तुत गरेका छौ ।

स्वागत छ जन आकाशमा
धन्यवाद ।
तपाई निर्वाचित भएर आइसकेपछि भएका प्रगतीको वारेमा बताइदिनुस न ?
हामीले मुख्य गरेर व्यवसायीका समस्यालाई नै ध्यान दिएर काम गरिरहेका छौ । म अध्यक्ष भइसकेछि अटो सेक्टरमा अफ्ठ्यारा सुचेशन आएका छन् । मार्जिंनमा एलसीको व्यवस्था गरियो विधुतिय सवारी साधनमा ट्याक्स बढाइयो यी यावत कुराहरुको समस्यामा अल्झेका छौ । त्यति हुदाहुदै पनि हामीले नाडाका सदस्यहरुलाई अपडेट गर्न वेभ साइड बनाउने डिजाइन गर्न सिस्टम बनाइरहेका छौ । आउदै गरेको नाडा एक्सपोलाई सभ्य र भव्य बनाउन लागिपरेका छौ ।

हामीसँग तपाइले भन्नुभयको थियो नाडामा ठुला कर्पोरेट व्यवसायीको मात्रै नेतृ्त्व गर्दा सेन्डिकेट भयो साना व्यवसायीको नेतृत्व भएन भन्नु भएको थियोे त्यही एजेन्डाले निर्वाचित पनि हुनुभएको छ । ति साना व्यवसायीका पक्षमा के गर्दै हुनुहुन्छ ?
त्यो चुनावको वेलामा मैले भनेकै हो साना व्यवसायीहरुको हितमा बढी फोकस हुन्छु भनेर तर याहा नेतृत्व गर्न आईसकेपछि साना ठुला व्यवसायीलाई समान व्यवहार गर्नुपर्छ तर साना भनेर विगतमा ओझेलमा परेका त्यस्तो असहज नहुने गरी समान व्यवहार र उनिहरुको समस्या प्रथामिकतामा राखेर काम गर्ने गरेका छौ ।

नीतिगत रुपमा नाडामा आवद्ध सवै व्यवसायीहरुलाई समान व्यवहार छ । सवैको पहुच नाडामा पुगोस् भन्सारमा हुने समस्या साना–ठुला सवैको समस्या सावधान गर्ने प¥यास गरिराखेका छौ । कतिपय नीतिगत त कतिपय चीनजानको आधारमा व्यवहारिक पक्षमासमेत काम गरेर भएपनि व्यवसायीको मर्का फुकाउने काम भइरहेको छ ।

नेपालमा जतिपनि भेहिकल छन् ति सवै डिजेल पेट्रोलवाट चल्छन् । अहिले नेपालमा पेट्रोलको मुल्य निक्कै महगो छ । पेट्रोल डिजेल विकल्पको रुपमा चल्ने इलेक्ट्रीक सवारी साधनको नाडाले के पहल गरिराखेको छ ?
भेहिकल इलेक्ट्रीक पनि हाम्रो नै हुन् पेट्रोल, डिजेलवाट चल्ने पनि हामीले नै व्यवसाय गर्ने हो । पहिलो डिजेल पेट्रोलवाट चल्ने बढी थिए भने अहिले इलेक्ट्रीकहरु आउन थालेका छन् । डिजेल र पेट्रोलको विकल्प हाम्रो देशमा जलस्रोतको अथाह भण्डार छ त्यसको सदुपयोग गरेर इलेक्ट्रीक भेहिकलहरुमा जानुपर्छ भनेर धेरै बर्ष अगाडी देखि सराकारलाई इलेक्ट्रीकमा जानुपर्छ भनेर सुझाव दिइसकेको छ । संसार विधुतवाट चल्ने सवारी साधनमा जाने हामी चै पेट्रोल डिजेलवाट चल्ने सवारी साधनमा रहदा हामी पछडी पर्ने सम्भावना रहन्छ भनेर म अध्यक्ष भइसकेपछि पनि सुझाव दिएका छौ । त्यसमा सरकार पनि फोकस भएको छ । तर अस्थिर खालको नीति त्यहा देखिन्छ । त्यही इलेक्ट्रीक भेहिकलमा २ बर्षमा तीनपटकसम्म भन्सारदर तलमाथि भएको छ । कहिले बढाइन्छ, घटाइन्छ फेरी बढाइन्छ यस्तो खालको छ । अहिलेको बजेटमा हेर्नुहोस १०० किलोवाट भन्दा माथिका र २०० सिसि माथिका सवारी साधनमा कर बढाउको हुनाले नाडाले त्यसमा विरोध समेत गरिसकेको छ ।

सरकारले प्रथामिकता राखेको र व्यवसायीले सुझाव देइसकेको भएपनि डिजेल, पेट्रोलवाट चल्ने सवारी साधन नै छन् किन ?
आजको भोली नै कुनैपनि काम हुदैनन् । अर्को सरकारको प्रष्ट नीति दिर्धकालीन नीति माथि पनि मैले उल्लेख गरिसके इलेक्ट्रीक भेहिकलमा जाने भन्छ । कर बढाउछ त्सैको असर पनि याहा पनि परेको छ । ईलेक्ट्रीक भरखर शुरु भएका छन् । आउदो १०, १२ बर्षमा सवै विधुतिय सम्भव पनि होलान् । तर विकल्प नहुनजेलसम्मको लागि त अहिले भइराखेकै प्रयोग गर्नुप¥यो ।

अर्को संसारकै सवैभन्दा महगोमा नेपालमै छ । त्यो हुनुको कारण नेपालको ट्याक्स १५० देखि २०० प्रतिशतसम्म छ । दुइपाङग्रेहोस् वा चारपाङग्रे नेपालीहरुले महगोमा किनेर सुविधा लिएका छन् । ट्याक्स घटाउनुपर्छ हाम्रो छिमेकी मुलुक भारत र चीनका नागरिकभन्दा हामी ५ गुना बढी मुल्य तिरेर सवारी साधन किन्नुपर्ने बाध्यता छ । त्यो बाध्यतालाई कम गर्नुपर्छ ।

त्यसैले तत्कालै विधुतिय सवारी साधन विकल्पको रुपमा आएको खण्डमा त्योे गर्नुपर्छ तर आजको भोलि नत कम्पनीले उपलब्ध गराउन सक्छ, नत हामीले नै बनाउन सक्छौ । त्यसैले ग्यास,डिजेलका गाडीहरु सवै नागरिकले सहज र सस्तोमा पाउन ट्याक्सको सम्बन्धमा सरकारले पुनःविचार गर्नुपर्छ ।

व्यवसायीहरु धेरै कर भयो भनेर भन्दै आएका छन् । हाम्रै देशमा सवारी साधन निर्माण गर्ने कतिको सम्भव छ ?
यस सम्बन्धमा हामीले धेरैबर्ष अगाडी नै छलफल राख्दै आएका छौ । म निर्वाचित भएर आइसकेपछि झनै प्रथामिकता दिएर एसेम्वल गर्नुपर्छ भनि नेपालमै पहिलो पटक मेरो योजना अनुसार विधुतिय सवारी साधन एसेम्वल कमिटी भनेर फोरव्हीलरको छुट्टै टुव्हीलरको छुट्टै कामहरु गर्नेगरी कामहरु भइरहेका छन् । यो भन्दा अगाडी थिएन । नाडाले यसलाई कति प्रथामिकता राखेको रहेछ भन्ने कुरा याहावाट पनि स्वतसिद्ध हुन्छ ।

विभिन्न सुझाव सरकारलाई दिने कामहरु साथै बजेटको लागि सुझाव सरकारले माग्दाखेरी हामीले प्रथामिकतामा राखेर नेपालमै विधुतिय सवारी साधन उत्पादन हुनसक्ने सम्भावनाहरु छन् । किनभने याहाको मार्केट पनि ठुलो भइसकेको छ ।तर उधोगमैत्री स्थाई नीति सरकारवाट आउनुप¥यो भनेर सुझाव राखेका छौ । त्यही हाम्रो सुझाव अनुसार नै अहिले २०७९–८० को बजेटमा समावेस भएको छ ।

त्यसवाट हामी खुशी छौ । तर हामीलाई डर के छ भने विधुतिय सवारी साधनमा जुनसुकै नेपालमा पोलिसी लगट्रम हुनुपर्छ भन्न खोजेको के हो भने अहिले एयटा सरकार आउदा एक खालको नीति भोलि अर्को आउदा अर्को खालको नीति यसरी बर्षपिछे फरक फरक नीति आयो भने हामीले नेपालमा नै अटो उधोग, व्यापारको माध्यमवाट कल्पना गरेको लक्ष्य प्राप्त हुदैन । त्यस्तो फरक फरक नीति आयो भने अरबौ अरब लगानी गर्न अफ्ठ्यारो हुन्छ । यस्ता समस्या आउन नदिइकन ठुला –साना एसेम्वल हुन वा पलान्ट स्थापना गर्ने व्यवसायीहरुलाई लगानीको ग्यारेन्टी गर्ने र १० बर्षभन्दा माथिको दिर्धकालीन नीति निर्माण गरेर विश्वसनीय वातावरण बनाइदिनुपर्छ त्यसो भयोभने नेपालमा पनि एसेम्वल पलान्टहरु सम्भव छन् ।

केही एसेम्वलहरु सुरु पनि भइसकेका छन् । विगतमा दुइवटा त दुईतिन बर्ष अगाडी देखि नै खुलिसकेका छन् । टु व्हीलरका केही एसेम्वल तयारी अवस्थामा छन् । फोर व्हीलरको एसेम्वलहरु पनि नेपालमा ल्याउने सम्भावना छ । त्यसको लागि व्यवसायीहरु तयारी अवस्थामा छन् । अस्थिर नीति चै हुनुभएन भन्ने हाम्रो धारणा छ ।

मैले नेपालमा भेहिकल उधोगको लागि यो भन्दा अगाडीका पुर्व अध्यक्ष, निवर्तमान अध्यक्षहरुसँग पनि सोधेको थिए । केही काम पनि भएका रहेछन् तपाइको भनाइवाट पनि आयो त्यो भन्दा ठुलो लगानी गरेर नेपालमै गाडी उत्पादन गरेर मेड इन नेपालको गाडी चढेर सानका साथ हिड्न पाउने सम्भावना कतिको छ ?
मेड इन नेपाल भन्ने विषयमा के छ भने भेहिकलमा हन्ड्रेड पसेन्ट भन्ने हुदैन अमेरिकामा होस् वा चीनमा जाहासुकै पार्टस, एसेम्वलहरु फरक फरक देशमा उत्पादन हुन्छन् । चाइनामा यति धेरै उधोगहरु छन् । सवै नै आफैले उत्पादन गर्न सकेको छैन । बाहिरवाट नै केही न केही आयात गर्छ । भन्न खोजेको चाइनाले पनि हिजोको दिनमा टु व्हीलर फोर व्हीलरवाट एसेम्वल शुरु गरेर आज त्यो अवस्थामा विकास गरेको छ । त्यस्तै नेपालले पनि विस्तारै टु व्हीलर फोर व्हीलर शुरु गर्दै ८, १० बर्ष अझै नहोला तर शुरु गरेपछि हुनत हुन्छ नी अहिले पनि अन्तवाट याहा ल्याएर जोड्ने काम त भएकै छ । तार, टायर, व्याट्री, केही केही पार्टस उत्पादन भइरहेका छन् ।

तिनीहरुलाई उत्पादन बढाएर निर्यात गर्न सक्ने सम्मको बनाउनु पर्छ । तिनै कम्पनीहरु र त्यसँग रिलेटिभ कम्पनी नेपालमा खुल्नुपर्छ सवै सामान नेपलमा बनेर तयार भएपछि बल्ल तपाईले भनेको मेड इन नेपालको गाडीमा चढेर सानका साथ हिड्न सक्नुहुन्छ । आशा गरु केही सानै भएपनि शुरुवात भएका छन् । सरकारले पनि प्रमोट गर्ने नीति लिएको छ । नाडाले पनि उधोग खोल्न फोकस गरेर जाने छलफल गरेका छौ ।

त्यसमा एउटा डर छ । हिजो हुलास मोटर्सले उत्पादन गरेको मुस्ताङ गाडी फेल भएको ब्याड एस्पीरिन्सले त्यत्रो ठुलो लगानी गरेर लगभग सवै पाटपुर्जा धेर जति नेपालमा नै उत्पादन हुन्थ्यो इन्जिन र बक्स मात्रै बाहिरवाट इम्पोर्ट गर्नुप¥थ्यो त्यो नेपालको उधोगलाई नेपालकै सरकारको पोलिसीले बन्द गराइदियो । अहिले पनि व्यवसायीहरु झस्किनछन् । अहिले एउटा सरकार आउदा सहज बनाइदिने भोलि अर्को सरकार आउदा थेग्न नसक्ने गरी ट्याक्स लगाईदिने विदेशवाट किनेका भन्दा नेपालमा उत्पादन भएका सवारी महगो पर्न गयो भने कसरी उधोग टिक्छ । अटो उधोगमा गरेको लगानीको ग्यारेन्टी सरकारले नगरेसम्म टु व्हीलरको एसेम्वल सम्भव भएपनि फोर व्हीलरको बन्दैन की भन्ने डर छ ।

प्रसंङग बदले तपाई आफै व्यवसायी नाडाको अध्यक्ष पनि हुनुहुन्छ, व्यवसाय पनि गरिरहनु भएको छ समय कसरी मिलाउनु भएको छ ?
म त्यति मात्र नभएर लाइन्स क्लव लगायत झण्डै एक दर्जन संघ, संस्थामा पनि छु । टाइम भनेको व्यवस्थापन गर्न जान्नु पर्दोरहेछ । टाइम मेनेजमेन्ट गर्न जानेन भने अस्त व्यस्त हुन्छ म टाइमलाई व्यवस्थापन गर्न सक्छु ।

यो नाडा आफैमा गरिमा बनाइसकेको संस्था यसले गरेका राम्रो काम भन्दा आहा मेरो कार्यकालमा यस्तो गरे भने के काम सोच्नु भएको छ ?
सप्राइज खालकै काम मेरो कार्यकालमा हुन्छ । हुदैछ । भएपछि तपाईहरुलाई थाहा भइनै हाल्छ । एउटा भनाइ नै छ नि काम चै गरिसकेपछि मात्रै देखाउने हो । गर्नुभन्दा अगाडी देखाउने होइन रे त्यो तयारीमा म र मेरो टिम लागिरहेका छौ ।

यो समयमा यस्तो टे«नर भएको थियो भनेर सम्झना लायक हुन्छ । नाडाको उचाइलाई अझ धेरै माथि लैजानुपर्ने छ । विगतमा नाडालाई वेवास्था गर्ने गरेका थिए सरकारी निकायहरुले अहिले सहज रुपमा अगडी बढेको छ । नाडा प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नै आएको छ । तपाईहरुले पनि महसुस गर्नु भएकै छ ।

संस्थाको गरिमा सँगसँगै संस्थामा आवद्ध व्यवसायीहरुको समुन्नती गराउनुपर्ने छ । देशभरी नाडाका संघ, संस्था खुल्ने गरेका छन् । नाडामा डारेक्ट सदस्यता हुनुपर्छ भन्ने कुराहरु आइराखेका छन् । त्यसलाई अट्याच गदै प्रदेशमै उनिहरुलाई राखेर नाडा सागाठानिक रुपमा महासंघको ढाचामा लैजान हामी लागिराखेका छौ । नाडा क्षेत्रको एकमात्र आधिकारिक साझा संस्था हो भन्ने बनाउन हामी जुटेका छौ ।
अन्तमा
विगतमा जसरी अटोमोवाइल्सलाई विलासिताको साधनको रुपमा लिइन्थ्यो आज अटोमोवाइल्स साधारण नागरिकलाई पनि अनिवार्य सेवा लिने साधन भइसकेको छ । अटो मोवाइल्स नभए बाच्न चै सकिन्छ । तर जीवन यापन गर्न चै सकिदैन । त्यसकारण विश्वका मानिसहरुले सवारी साधनको सेवा लिइराखेका छन्। तुलनात्मक रुपमा नेपाल वाहेकका नागरिकले सस्तोमा उपभोग गर्न पाएका छन् । नेपालमा पनि त्यस्तै सर्व सुलभमा सेवा लिन पाउन भन्ने मेरो धारणा छ । त्यसमा सरकारले करमा सहजीकरण गर्नुपर्छ । हामी त व्यवसायी हौ सस्तोमा किनेर ल्याएको वेला सस्तोमा बेच्छौ । महगोमा ल्याएको वेला महगोमा बेच्छौ । भन्सार, करमा छुट दिएमा त्यसमा घटेको मुल्य घटाएर हामी उपभोक्तालाई सस्तोमा सवारी साधन दिन्छौ र सवैले सर्व सुलभमा सवारी साधन उपयोग गर्न पाउछन् । भन्ने मलाई लाग्छ ।

साथै यस जन आकाश साप्ताहिकले मलाई आफ्ना भनाई राख्न दिई आम नागरिकमा मेरो धारणा पु¥याउने अवसर दिएकोमा धन्यवाद व्याक्त गर्दछु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend