जन आकाश
काठमाडौ । काठमाडौ महानगरपालिका भित्र फोहोर माथि हुने गरेको धिनलाग्दो राजनीति अन्तर कुनावाट हुदै आएको छ भनेर जन आकाश डटकम, जन आकाश साप्ताहिकले उठाउदै आएको छ । त्यो आजका दिनम पुष्टि हुदै गएको छ ।
सिसडोल र बञ्चरे डाडामा भइरहेको अवरोध राजनीतिक पार्टीले अन्तर कुनावाट उनिहरुका स्थानीय कार्यकतालाई भित्रभित्रै उचालेर अवरोध गर्न लगाएको हो भन्ने हाम्रो जन आकाश साप्ताहिकको दावी थियो अन्ततः फोहोर माथिको राजनीति सिंहदरवारमा पुगेर नै टुङगो लाग्ने भएको छ ।
सोमबार शहरी विकास मन्त्री राम कुमारी झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।
तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएपछि पुनः सिहदरवारमा काठमाडौ महानगरपालिकाको फोहोरको बिषयमा छलफल चलिरहेको छ ।
छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरेडाँडाका स्थानीय बासिन्दा सहभागी भएका छन् ।
काठमाडौ उपत्यकामा फोहोर नउठेको महिनौ भइसकेको छ । उपत्यकामा बसोबास गर्ने नगारिकहरु फोहोरको गन्धले उकुस मुकुस भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend