logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किवानिज क्लब अफ युनिक नेपालद्धारा बालबालिकाहरुलाई सहयोग


  • जन आकाश
  • शनिबार, जेष्ठ २८ २०७९

 



काठमाडौं । किवानिज क्लब अफ युनिक नेपालले काठमाडौंको धापासीमा रहेको बालगृहमा सहयोग गरेको छ । मुकुन्द ढुंगाना को अध्यक्षतामा रहेको उक्त संस्थाले बालगृहमा रहेका ५० भन्दा बढी बाल बालिकाहरुको लागि स्कुल ब्याग , स्टेसनरी सामान , खाध्यान्नहरु लगायत आवश्यक सामाग्री प्रदान गरेको उल्लेख गरेर पठाइएको छ ।

हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक संस्थालाई किवानिज क्लब अफ युनिक नेपालले निरन्तर रुपमा सहयोग गर्दै आईरहेको बालगृहको अध्यक्ष बिनिता अर्याल ले उक्त कार्यक्रममा बताएको उल्लेख छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना , महासचिव दिपक अधिकारी , समाजसेवी तथा युवा ब्यबसायी आर्यन पुडासैनी , समाजसेवी मन्जु सिंह , कोषध्यक्ष सुमित्रा रन्जित ,आई टि ब्यबसायी द्रोण पराजुली , सारा खवर अनलाइन मिडियाका मिलन कुमार लामा , सामाजिक अभियन्ता डि.बि.पराजुली को उपस्थिति रहेको इमेलमा पठाइएको समाचारमा उल्लेख छ ।

अमेरिका बाट शुरुभएको यो संस्थाले बिशेषगरी बालबालिकाको स्वास्थ्य , शिक्षा र खेलकुद क्षेत्रमा सहयोग गर्दैआएको संस्थाका महासिचव दिपक अधिकारीले बताएकी उल्लेख छ ।

समाजसेवी ब्यबसायी हरुको सहयोग र संस्थाको समन्वयमा मात्र यस्ता कार्यक्रम सम्भव भएको भन्दै संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाले सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक आभार ब्यक्त गर्दै सबै बाल बालिका हरुलाई उज्वल भविश्यको कामना गरेको उल्लेख छ ।

सो बालगृहले बालबालिकाहरुलाई भविष्यमा आत्मनिर्भर बनाउन अहिले देखिनै बिभिन्न किसिमका वाल पेन्टिङ, जुत्ता चप्पल बनाउने लगायतको ट्रेनिङहरु गराउँदै आएको संस्थाको अध्यक्ष बिनिता अर्यालले बोल्ने क्रममा बताएको उल्लेख गरी पठाएका छन् ।

कार्यक्रममा उपस्थित सबैले आवस्यकता अनुसार यस्ता सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको र
औपचारीक कार्यक्रम संगै त्यहाँ रहेका बालबालिकाहरु संग विदेशी सस्कृति अनुसार केक काटेर रमाइलो गरिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend