logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना


  • जन आकाश
  • शनिबार, जेष्ठ २८ २०७९

काठमाडौ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाताखोल्नु भएका सम्पूर्ण ग्राहक महरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नं सकिने योजना ल्याएको छ । उक्त योजना अन्र्तगत यस्तो छ ।



१० वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना

योजना अन्तर्गत हितग्राहीग्राहकहरुले मात्र रु ९९९।–(अक्षरेपीः नौ सय उनान्सय रुपँैया मात्र) भुक्तान गरी दश (१०)वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नु हुनेछ ।

पाँच वर्षे डिम्याट र मेरोशेयर खातानविकरण योजना 
यस योजनाअन्तर्गत हितग्राहीग्राहकहरुले मात्र रु ४९९।–(अक्षरेपीःचार सय उनान्सय रुपँैया मात्र) भुक्तान गरीपाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नसक्नु हुनेछ । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नु हुनेछ ।

ग) आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना 
यस योजनाअन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।–(अक्षरेपीः एक हजार नौ सय उनान्सय रुपँैया मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नु हुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नु हुनेछ ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना 
यस योजनाअन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।–(अक्षरेपीः एकसय पचास रुपँैया मात्र) भुक्तान गरी एक (१)वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुने छ ।

साथै, हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिमका लिंकहरुको व्यवस्थागरिएको छ
१. दश(१०) वर्षे डिम्याट र मेरोशेयर खातानविकरण गर्नको लागि 

https://tinyurl.com/24rbw3tb

२. पाँच(५) वर्षेडिम्याट र मेरोशेयर खातानविकरणगर्नको लागि 

https://tinyurl.com/24rbw3tb

३. आजीवन९ीषभतष्mभ०डिम्याट र मेरोशेयर खातानविकरण गर्नको लागि 

https://tinyurl.com/24rbw3tb

४. नियमितएक (१)वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि 

गरिमा क्यापिटलका नि. प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले हस्तरक्षर गरी उक्त योजनाको उल्लेख गर्नु भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend